परिवार नियोजनलाई कही परिवार योजना,कही परिवार कल्याण कार्यक्रम कही योजनाबद्ध अभिभावकत्व पनि भन्ने गरेको पाइन्छ । यसले दम्पती तथा व्यक्ति विशेषलाई उनीहरूका छोराछोरीको संख्या र जन्मान्तर राख्ने सम्बन्धमा विभिन्न उपाय तथा तौरतरिकाहरू अपनाउन अभिप्रेरणा जगाउँछ ।
परिवार नियोजनका फाइदाहरू :
- मातृमृत्युदर घटाउन सहयोग गर्ने
- प्रसूतिको समयमा हुने बिरामीदर घटाउने
- पोषण स्थिति सन्तुलित राख्न मद्दत पुर्याउने
- बालविकासको गतिलाई राम्रो बनाउने
- बाल तथा शिशुमृत्युदर घटाउने
- गर्भवती समयमा र सुत्केरी भएको समयमा उत्पन्न समस्याहरुको रोकथाम गर्ने
- बाल तथा शिशु बिरामीदर कम गर्ने