११ भदौ , एजेन्ट – बॉलीवुडका एक्टर रणबीर कपूर र एक्ट्रेस दीपिका पादुकोण पनि कुनै बेला एकदम फेमस थिए , तर केहि समय अगाडी दुइजनाको ब्रेकअप भयो । जब उनीहरु अफेयरमा थिए त्यो बेला दुवै एकदम सुखीका साथ बसेका थिए र दुइजनाको ब्रेकअपको खबर पनि सुखीमै परिणत भएको थियो । रणबीर र दीपिकाको एउटा पुरानो अन्तर्वार्ता केहि दिन अगाडी देखि सोशल मीडियामा एकदम वायरल भइरहेको छ । त्यहि अन्तर्वार्तामा रणबीरले आफुलाई कहिले र कसरी दीपिकासंग प्रेम भएको थाहा नभएको पनि भनेका छन् ।
दीपिकाले भनिन् कि उनको डेब्यू फिल्मको टाइममा आफु दुइजनाले केवल एक अर्काको नाम सुनेको र सबैभन्दा ठुलो रहस्य के थियो भन्दा दुवैजनाको मेकअप आर्टिस्ट भरत र डोरिस थिए । एक दिन डोरिसले भने कि रणबीर एकदम प्यारो केटा हो र हामी दुइजनालाई एक अर्कासंग मिलाउन पर्छ भनेर उनले सोचे ।
दीपिकाले त्यसपछि भनिन् कि एक दिन अचानक डोरिसले रणबीरलाई बोलाए र हामी एक अर्कासंग कुरा गर्नको लागि भने । त्यहि दिनभर हामी एक-अर्कासंग कुराकानी गर्यौ र फोन नम्बर एक्सचेंज गर्यौ । त्यसकै केहि दिन पछि जुलाई २००७ मा हामी लंचको लागि गयौ र हामीले पूरा दिन साथ बितायौ । त्यस दिन पछि हाम्रो भेटघाट शुरू भयो र हामी एक साथ पहिलो पटक मिस्टर बीन फिल्म हेर्यौ । त्यसपछि हामी लॉन्ग ड्राइवमा गयौ र फेरी रणबीरले मलाई घर पुराइदियो । हामीले 23 फरवरी 2008 मा एक अर्कासंग डेट गर्न शुरू गर्यौ ।
त्यति बेलै रणबीरको भनाइ छ कि मलाई याद छ दीपिकाले सफेद लिनेन पेंट लगाएको थियो र कपालमा जूड़ा बनाएको थियो । त्यसपछि रणबीरले भने कि दीपिकाको सबैभन्दा राम्रो कुरा हरेक कुरा पोजिटिव सोची रहेको हुन्छ । तर अहिले दुबैजना एक अर्काको साथ त छैनन् र दीपिका अहिले रणवीर सिंहसंग डेट गरिरहेको छिन् , जबकि रणबीर कपूर अहिले सिंगल छन् ।