१२ भदौ , स्याङ्जा – स्याङ्जाको वालिङ ९ भूम्रेमा सोमबार विहान हाइस गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
मृत्यु हुनेमा पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापा रहेको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय वालिङका अनुसार ग १ ख ३५७९ नम्बरको हाइसले उनलाई ठक्कर दिएको थियो ।
ओरालोबाटोमा हाइसको ब्रेक फेल भएर बिहान ९.३० बजे भएको सोहि दुर्घटनामा परी वालिङ – ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल, १३ वर्षीया निर्जला श्रेष्ठ र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन् ।
रासस