मुख शरीरको महत्वपूर्ण अंग हो। खान, बोल्न र हॉस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरवाही गर्नुहुँदैन ।
मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिंजामा विभिन्न रोग निम्तिन पनि सक्छ।
मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा –
- धेरै गुलियो,अमिलो खानेकुरा सकेसम्म कम खाने।
- धेरै तातो र धेरै चिसो नखाने।
- मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
- हतारमा, जोडसंग घोटेर दांत नमाझने ।
- मुखमा खानेकुरा राखेर नसुत्ने ।
- बच्चाको मुखमा दूधको बोत्तल राखेर नसुताउने ।
- बिहान खाना खाएपछि र राती सुत्नुअघि दाँत माझ्ने ।
- रेसा भएको र पोसिलो खानेकुरा खाने ।
- पानी प्रसस्त पिउने ।
- बेलाबेलामा मुख कुल्ला गरेर दाँतमा अडकिएको खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्ने पनि सकिन्छ ।
- नरम ब्रुसले दाँत माझ्ने, जिब्रो पनि साफा गर्ने ।
- हरेक पाँच महिनामा दाँत जाँचने ।
डा. प्रकाश भड़ेल
डेन्टल सर्जन