बिनोद खन्ना, एक सफल अभिनेता र निर्माता हुन बलिउड फिल्म्सका । बलिउडका एक चर्चित हस्ति आज हामी माझ रहेनन । ७० वर्षिय कलाकार बिनोद खन्ना क्यान्सर रोगका पिडित थिए र अस्पतालमा भर्ना गरिएको थियो एक महिना अगाडि, तर यो रोग अझै बल्झिदै गयो कि म्रित्युको मुखमा पुर्यायो । १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका खन्ना, ४ पटक पारलियामेन्टमा छनोट भएका थिए भने एक पटक जुनियर विदेशी मन्त्री पनि भएका थिए ।
खन्नाले १९६८ मा “मनका मित” भन्ने चलचित्रमा अभिनय गरेर आफ्नो करियर सुरु गरेका थिए । खन्नाको जन्म पेशावरको पाकिस्तानमा पन्जाबी परिवारमा भएको थियो र उनका ३ वटा दिदिबहिनी र दुइ वटा दाजुभाइ छन । Sir H.N. Reliance Foundation Hospital and Research Center गिर्गाउ मुम्बइको अस्पतालमा करिब एक हप्ता भर्ना भइ, आज अप्रिल २७, २०१७ को बिहान उनको निधन भएको अस्पतालले जनाएको छ । २०१७ को सुरुवात देखि नै यो रोग भएता पनि उनको परिवारले खुलाएका थिएनन । उनिलाइ ब्लाडर क्यान्सर थियो र त्यसैको कारण उनको आज म्रित्यु भएको छ ।
धेरै विषिस्ट व्यक्तिहरुको समवेदनाले अहिले ट्विटरमा ह्यासट्याग बिनोद खन्ना (#VinodKhanna) इन्डियाको टप ट्रेन्डिन्गमा छ् । उहाको आत्माले शान्ति पाओस र परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस, हाम्रो समवेदना छ ।