सोचेको थिए श्रम बेचेर पैसा कमाउछु सुन्दर घर बनाउछु हामी दुइ, हाम्रा दुइलाइ अनुसाशित बनाएर उच्च शिक्षा दिनेछु, सपना सपना सपनामा नै सिमित र राम्रो पनि हुदो रहेछ, अधिकांस नेपाली युवा र अर्धबैस भएका जनता सबैले आफ्नो सपनाको पोको पारेर संसारको कुनाकुना मा अनेकौ अप्ठ्यारो सामना गरिरहेका छन्।
त बाकि रहेका नेपालमा आफ्नो नाम काम-दाम का लागि ब्यस्त हुने आत्माहरु, परिवार, समाज, देश र आफ्नै लागि ढुङ्गो मुढो पनि नगरेका नहोलान यो आम नेपालीले सोच्ने पर्ने कुरा हो।
मेरो मन को कुरा नजिक आएर आँखा र कानमा पार्न अलि सजिलो नभएको कारण आजको यो सजिलो माध्याम बाट एकसाथ सबैलाई संकेत गर्न मन लाग्यो ।
काउकुति लाग्दा खितका छोडेर हास्ने मानिस आज झ्या- झाई बाजा बजाए पनि रुने आखिर बेहुली पक्ष नै हुन् “सत्य स्वीकार गर्नु पर्छ” बुझ्न सजिलो छैन कसैलाई विषयलाई गम्भीर भएर सोच्ने हो भने उत्तर पुर्णबिराम हुन भन्दा पहिलेनै पाइन्छ।
केहि यस्ता पाटाहरु छन् जसलाई मैले केलाउन लागे.. मन लाए पढ्दा सबैलाई फाइदा होला *
परिचय मेरो
ड्यान परियार — दुबाईमा अस्थाई बसोबास, टर्रो काम – न कसैलाई खुसि पार्न सक्ने न सन्तुस्ट मिल्ने हाहा! पढाई-अनपढ, भनेको लेख्न पढ्न आउछ काम चलाउ तोते तोते गर्दै सिकेको मातृ भाषा सहित अन्य ४-५ भाषा जान्याछु, मनले भन्छ सबै संग राम्रो हुने नराम्रो संग संगत नगर्ने भन्दा पनि आवश्यकता पर्दो रहेछ, कमाइ-देश मा रहेका आफन्त सहित घर परिवारका सदस्यहरुको माग पुरा गर्न दिनरात को श्रमले काटकुट हातालाए सुन्य, दशक पुरा हुदा पनि अत्यावाश्यक सम्पर्क गर्नु पर्दा टेलिफोनमा बचत कति छ, सोचेर जाच गर्नुपर्छ, म निकै जान्ने छू भनेर घमण्ड त आउछ तर आफुभन्दा धेरै जान्ने अगाडी परे –तेही त हो… तैइ चुप मै चुप-गुपचुप हाहा! आँखामा लोभ र पाप, मनमा सन्तुष्टको छाप, दिमागमा चाप, सजिलै आउछन-जान्छन पनि, पहिलो औपचारिक भेटमा संसारका नचिनेका मानिस झुक्किदा रहेछन — आफ्नै छिमेकी पनि.. तँ गाउले गोर्खाली हैनस भन्न्न पनि पछि पर्दैनन्, धर्म – मानवता बोकेको छु, सहयोग सबैलाई गर्छु, कर्म अलि खराब छ दोहोराउन त भगवानलाई पनि गाह्रो हुदोरहेछ, जसले जे भने पनि म आखिर रुपाकोट गाबिस वडा ५ मा पिता-माता स्व. सुक ब. र लिला वती परियार(दर्जी) को सातौ गर्भ को आठौ सन्तान… बेलैमा बुद्धि आएछ ४-५ वर्षको उमेर हुदा कास्कीको सात तालको बगैचा लेखनाथमा आएर बसेको पनि २५-२६ बर्ष हुन लाग्यो। उमेर हिसाब गर्नु औला भाचेर तलमाथि नहोला हाहा!
सानो उमेरमा:
मान्छे कसैले छ्ट्टु, रंगीलो, बदमास, सहयोगी, टाठो रहेछ भन्थे, आफैले मपाइ भन्दा के के भन्लान भन्ने पिर ।।।
सुख:
सबैको जीवन मा छ तर समय लाइ कुरी बसौ त्यो दिन अवस्य आउछ हैन र ? नाअतिनुन हो !! सोच फराकिलो पारौ।
दुख:
जन्मने भन्दा पहिले पिता-माता लाइ कति दिएउ ९-१० महिना सम्म मातालाइ जन्म लिने बेला झन् ठुलो यदि आफैलाई परेको भए संझदा कति पटक आसु झारु भन्छ मन… र कति ति दिनहरु बाकिछन जिउनु पर्छ परतिस्पर्धा मा भाग लिनुनै छ हैन र ।
अब भन्न खोज्या के ? गर्न खोज्या के ? है त —
पढेर के नै खेर जाने हो र** समाजको सेवा नगर्ने मानिस कमै हुनुहोला समाजमा नमिल्ने मानिस पनि कमै हुनुहोला, जे जस्तो भए पनि हामि यसै समाज मा बसोबास गरेका छौ ” आखिर जाने कहाँ?”
मैले एक सोच धेरै पहिला बनाएको थिए र देश लाइ संसारमा सजिलै संग चिनाउने तर सम्भव कहिँ कतै बाट नदेखिने ! के होला तेस्तो भनेर सोच्न नपाउदै भनि हालौ क्यारे! तल पढौ *
– नेपाल बन्द नगरौ (राजनीति मा लागेको होक्या भनेर नासोचु)
– जातिय विवाद के का लागि अब निर्मुल पार्ने कसरि ?
– युवा युवतीलाइ विदेश हैन देश मा रोजगारी…
– सबै नेपाली जनता मिलेर (जनता भनेर नेता, राजा , मन्त्रि, रास्ट्रपति, कलाकार सबै पर्नु हुन्छ नि ) नेपाल मा एस्तो चिज बनाउ जुन कृतिम बस्तु होस् जुन संसारको ठुलो संसारमा सबैलाई चिनाउन र बुझाउन सजिलो होस् त्यो चिज बनाउने र संसार भर का अधिकांश मानिसको आँखा र कान सम्म पुराउने। यो लेखको अन्तिम तिर एक हरफ लेखुला!
अब यस्ता सोच त सबैका होलान हुनु सोभाविक पनि हो , तर हामीलाई साथ् र समर्थन नै छैन, अनि येस्ता चिज सोच्नु भन्दा भन्ने आम नागरिक को मस्तिस्कमा बसेको छ ।
तेसैले सम्झना आयो ति बिर सहिद -बिभुति हरु जसले नेपाल बनाएका थिए नेपाल लाइ सानो टुक्रा किन नहोस नेपाल लाइ चिनाएका थिए– स्व.बलभद्र, स्व.धर्मभक्त, स्व.भिम सेन थापा, १० बर्षे जना आन्दोलन का बिर सहिद हरु, (सबैका नाम तपाई हरुले सुन्नु नै भएको होला) सीता दिदि, श्री ५ बडा पृथ्बी बा, राजा श्री ५ बहादुर शाह आदि (सुनेका राजा है) स्व. बिरेन्द्र बा , ज्ञानेन्द्र बा, अनीहरुले आफ्नै छबि बनाएका थिए (एकादेश को कथा पढ्न पाइन्छ) कलाकार हरु -राजेश हमाल दाई, युबराज लामा दाई, भुवन केशी दाई, राजेन्द्र खड्की, हसिलो मुहार भएका स्व श्री कृष्ण दाई, श्री मह जोडी, नारायण पुरी, श्री निर शाह बा, रेखा दिदि र उनैका पूर्व पति छबि दाई, बिनिता बराल, सुष्मा कार्की, निशा अधिकारी, दयाङ्ग राइ, राजु लामा, कुन्ती मोक्तान, धिरज राइ, स्व. नारायण गोपाल बा, सिन्धु मल्ल, सर्मिला गुरुङ, राजु परियार, प्रजापति पराजुली दाई सुन्तली र धुर्मुश, जितु नेपाल, सन्तोष पन्त बा, रमा थपलिया, कोमल ओली, नारद खतिओडा , स्व.यम बुद्ध लगायत अन्य पत्रकार – ऋषि धमला, प्रेम बानिया खेलाडीहरु – गणेश थापा, बिनोद दाश,पारश खड्का, सरद भेष्वाकर, शक्ति गौचन, नेता महोदय (सम्मान गर्ने पर्ने होला**) – कमरेड बाबुराम , कमरेड प्रचण्ड, कमरेड केपी ओली , कमरेड माधब कुमार नेपाल, स्व. गिरिजा बा, स्व. कृष्ण प्रशाद भट्टराई, स्व. बिपी कोइराला, प्रथम रास्ट्रपति श्री राम वरण यादव, श्रीमती बिद्या देबी भण्डारी, आदि र अन्य पेशा र कर्म मा लागेका उच्च व्यक्ति हरु – श्री भावना धिमिरे , श्री पूर्ण लामा, स्व. पण्डित नारायण पोख्रेल, खिलराज रेग्मी, रुक्मान्गक कटुवाल, स्व. पाशंग ल्यामु शेर्पा,स्व. तेञ्जिङ्ग नोर्गे शेर्पा, अंग छिरिङ्ग शेर्पा, गगन थापा, यस पी खरेल, करिश्मा मानन्धर, सोभित बस्नेत, रामकृष्ण ढकाल, मनिषा कोइराला, निरुता सिं, चक्रे मिलन, राम बहादुर बोमजन, आदित्य दाहाल, हरि खड्का, मिलन गुरुङ्ग, सोमपाल कामी, चन्द्र बहादुर डाँगी, महबुब आलम, अर्जुन कौशल, शंकर बिसी, स्व.महाकबि लक्ष्मी प्रसाद देबकोटा, स्व.कबि सिरोमणि लेखनाथ पौडेल, डा उपेन्द्र देबकोटा लगाएत धेरै नेपाली दाजुभाई – दिदिबहिनि,आमा, भाउजु सबैको समान सहायता ले बनेको नेपाल आज पनि कहिँ न कहिँ संसारको तुलना मा कम्जोर साबित भएको आम नेपालि ले आभास गरेका छन्।
न समाधान को बाटो हेरिन्छ न त कसैले आयर ल गर र खा भन्छन, म जस्ता कयौं नेपाली हरुको मन कस्तो होला जब तेरो देश मा के छ भनेर सोध्दा ? उत्तर स्पस्ट छ मैले भन्दै आएको कुरा सर्बोच्च शिखर सगरमाथा छ मेरो देशमा, महामानव गौतम बुद्ध जन्मस्थल छ मेरो देशमा, र अन्त्य मा संसारको सबै भन्दा फरक किसिमको रास्ट्रीय झण्डा छ भनेर गर्भ का साथ् उत्तर दिंदा यो छाति नै बिशाल महसुस गरेको हुन्छु। तेसैले मैले लामो समय देखी एक सोच बनाएको थिए जुन यस लेख मार्फत जानकारी गराउन चाहे यदि मन पर्दछ भने तपाइको बिचार खुल्ला राख्नु है।
क हो त तेस्तो?
सम्भव नहोला तर प्रयास नै नगरे कसरि थाहा हुन्छ? मैले सोचेको***
* नेपाल अधिराज्यमा रहने कुल जनसंख्या सबैको नाममा त्यति नै टुक्रा (५०सेमि X ५०सेमि ) विभिन्न ३ रंगका (कलेजी रातो, गाढा निलो र सेतो) कपडा ५० दिन सम्म जम्मा गर्ने।
* ५० दिनसम्म जम्मा भएको कपडा १५ दिन सम्म नेपाली रास्ट्रीय झण्डा सिलाएर तयार पार्ने।
* तयार झन्डा संसारको सबै भन्दा ठुलो (फराकिलो) हुनुपर्ने ।
* त्यसपछि ९ दिनमा झण्डा उठाउन अन्तिम चरण मा ल्याउने र ७०औ दिनमा रास्ट्रीय तथा अन्तरास्ट्रिय संचार कर्मी, उधोगी, सर्ब साधाहरण, राजनीतिज्ञ, बालबालिका, सरकारी कर्मचारी आदि सबैलाई (जतिसक्दो) उपस्थिति (निमन्त्रणा) गरेर नेपाल को झण्डा फहराउने।
* तय पछि गिनिज किताबमा संसारको सबै भन्दा ठुलो झण्डा नेपाल को भनि नाम लेखाउन पहल गर्ने ।
* उक्त कार्य सजिलो पनि छैन र गाह्रो पनि छैन मन मा लागे र एक सोच सबैको हुने हो भने असम्भव.. नेपाल र नेपालीले बिर्सेका रहेछन् भन्ने हुन्छ।
* झण्डा उठाउने स्थान काठमान्डू को नजिक पर्ने सबै भन्दा अग्लो पहाड होस्।
* प्रत्यक बिहान ८-१० बजे सम्म बिशाल मेला लागोस। झण्डा रास्ट्रपति-उप रास्त्रपति वा प्रधानमन्त्रि- उप प्रधान मन्त्रि वा प्रधान न्यायधिश वा पूर्व राजा वा प्रधान सेनाधिपति द्वारा फहराउने।
* उक्त समय मा रास्ट्रिय गीत र देश भक्ति गीत गाउदै बिर अमर सहिद हरुको नाम र रास्ट्रका योद्धा हरुको नाम लिएर विभिन्न टेलिभिजन बाट प्रतक्ष प्रसारण गरि अधिकतम जनसमुदाय, बिद्यार्थी, पर्यटक, उधमी, लगायत आम नागरिक लाइ उपास्थित गर्ने गराउने।
* प्रतेक दिन सांझा सुर्य अस्त संगै झण्डा तल ओराल्ने। र सुरक्षा का निम्ति नेपाल सरकारका रास्ट्र सेवक सुरक्षाकर्मी लाइ खटाउने।
यहा हरु लाइ कस्तो लाग्दछ, तपाइको सुच्झाव सल्लाहा नमागेनी दिनुहुन्छ आशा छ। र एक कुरा नबुझेको हामि जतिसुकै परिवर्तन भए पनि जतिसुकै बिदेसिको देखासिकी गरे पनि हातले दाल भात मुछेर खानको मजा अलग्गै छ।
बिषय नया बर्सको नेपाल त्यो एक मात्र रास्ट्र हो जो अन्तरास्ट्रिय काम कार्यबाही बाहेक आन्तरिक काम सबै नेपाली भित्तेपात्रो हेरेर नै गरिन्छ।
हामि कस्ता है ? हासो लाग्छ क्या! छिमेकी का नया वर्ष मा रमाउन २-४ हप्ता पहिला नै तालिका मिलाउने हाम्रो नया बर्ष आउन ४ दिन बाकि रहदा पनि सुनासानै ???? आउनुस जागौ नेपाली… आत्मासात गरौ एक थुकी सुकी हजार थुकी नदि।
भन्दै नया बर्समा नया काम अनि संसार लाइचिनाउने मेरो यो सोच जस्तै तपाइको पनि होला.. सक्षम नेपाली युवा नेपालको आवश्यक।
नोट: माथि लेखियका नामहरु साचिकै प्रसंसा लायक नै हुन् उहाहरुको योगदान धेरै छ र तपाइको नाम छुटेका छन् अर्को योजना मा समेट्ने कोसिस रहेनेछ।
धन्यवाद!
तपाइको म…
ड्यान परियार
आइतबार २७ चैत्र २०७३