१४ भदौ , काठमाडौँ – सरकारले आगामी आइतबार इस्लाम धर्मावलम्वीको महान चाड बकर ईद (इदुल जोहा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
‘यही २०७४ साल भदौ १८ गते आइतबारका दिन नेपाल राज्यभर सार्वजनिक पर्व विदा दिने निर्णय भएको सबैको जानकारीका लागि अनुरोध गरिएको छ’, बुधबार जारी गृह मन्त्रालयको सूचनामा भनिएको छ।