१५ भदौ, काठमाडौं – प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा मोहनकुमार तामाङ पक्राउ परेका छन् । रामेछापका तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय महाशाखाका प्रहरी सुन किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । प्रहरीले उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पताल अगाडिबाट उनलाई पक्राउ गर्ने सफल भएको हो ।
महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने सस्तोमा सुन तथा डलर बिक्री गर्ने भन्दै एकान्तमा बोलाई नक्कली सुन र नक्कली डलर दिएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।