काठमाण्डौं अभिनेता सरोज खनाल मृगौला पत्थरीबाट पीडित भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन्।
अभिनेता खनालको बल्खुस्थित बयोधा अस्पतालमा शुक्रबार डा सञ्जय खड्गीको टोलीले झण्डै २ घण्टा लगाएर अप्रेसन गरेको हो। अपरेसन पछि उनको स्वास्थ्य अवस्था सामान्य छ । आफ्नो मिर्गौलामा अलि पुरानो र ठूलो पत्थरी भएकाले अप्रेशन गर्नुपरेको खनालले बताए एक समयका चर्चित अभिनेता खनाल पछिल्लो समय चरित्र अभिनयमा रमाइरहेका छन्।