२२ भदौ , कपिलवस्तु – कपिलवस्तुको चन्द्रौटामा एक २६ वर्षिय महिलाले ४ तोला बराबरको सुनका ग
हना चोरी गरेकी छिन् । छिमेकीको घरमा गएकी उर्मिला बस्नेतले रानीहार, बाला र चन्द्रमालगायतका सामान चोरेकी हुन ।
परीक्षा दिन माइत आएको समयमा अमृता आचार्य (बस्याल) को गहना दिउसो आफू घरमैं हुदाहुदै पनि एकाएक गायब भएपछि उनी निकै चिन्तामा परेकी थिइन ।
पीडितको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले सोधपूछका लागि उर्मिलालाई नियन्त्रणमा लियो । जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ प्रगतिटोल घर भएकी उर्मिलाले मंगलबार दिउसो शिवराज नगरपालिका ५, सहजटोलको एक घरबाट ४ तोला सुनको गहना चोरेको फेला परेको प्रहरीले जनाएको छ ।
यो आजको दैनिक पत्रमा खबर छ ।