२ असोज , भैरहवा – नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको समानन्तर सता रुपन्देही जनपरिषदले सिदार्थनगर नगरपालिका भैरहवाका ईन्जिनियर शैलेन्द्र श्रेष्ठलाई अाज उनकै कार्यकक्षमा भष्ट्रचार तथा अनियमितता गरेको आरोपमा कालोमोसो दलेको छ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला जनपरिषद्ले सोमबार श्रेष्ठकै कार्यकक्षमा गएर कालो मोसो दलेको हो । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा भनिएको छ ।
कालोमोसो दलेपछि श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताए । जनपरिषद्ले मोसो दल्नुका पछाडि ५ वटा कारण उल्लेख भएको पर्चा कार्यलय परिसरमा भेटिएको छ ।
आरोपको पहिलो नम्बरमा एडिबि परियोजनामा ठेकेदार सगको मिलिममतोमा करोडौं रकम अनियमितता गरेको अारोप लगाईएको छ । ईन्जिनियर श्रेष्ठलाई सम्झौता बिपरित काम गरेको,गुणस्तर हिन सामाग्री प्रयोग गर्दा समेत ठेकदार सग मिलि कमिशन खाएको लगाएतका अारोप लगाईएको छ । गुणस्तर हिन काम गरेकोले स्थानियले केहि ठाउमा बाटो भत्काएको समेत बताईएको छ ।निजि ईन्जिनियरिङ कन्सलटेन्सि सञ्चालन गरि सर्वसाधारण सग बिभिन्न बाहनामा घुस खाएको लगायतका आरोप पर्चामा लगाइएको छ । गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराधबमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी जनपरिष रुपन्देहिले दिएको छ ।
भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती/जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा गरिसकेको अवस्थामा यो घटना भएको हो ।
कालोमोसो श्रेष्ठको अनुहार र सर्टमा पूरै लागेको छ । उनी आफ्नै कार्यकक्षमा कुर्सीमा बसिरहेको बेला लगाइएको हो । पर्चामा जनपरिषद्लाई जनसत्ताको रुपमा पनि व्याख्या गरिएको छ ।
परिषद्ले भष्ट्रचारि,दलाल र तस्करिलाई एकपछि अर्को कार्वाहि गर्दै जाने बताएको छ ।