०३ असोज ,काठमाडौँ – एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’ का टिमलाई अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बिदाई गरेका छन्। कतारमा हुने नेपाल आइडलको ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष थापाले माला र खादा लगाएर बिदाई गरेका हुन्।
सेप्टेम्बर २२ मा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ कतार जाँदै छन्।
स्रोत : अन्नपुर्ण पोस्ट