कावासोती ।। नेपाली काग्रेस कावासोती नगर समितीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो चुनावि घोषणा पत्र आज सार्वजनिक गरेको छ । कावासोती नगरलाई ५ बर्ष भित्रमा स्मार्ट सिटी बनाउने देखी एक घर एक रोजगार सम्मका योजना नेपाली कग्रेस कावासोति नगर समीतिको घोषणा पत्रमा समेटीएको छ ।
पार्टी कार्यालय विपि भवनमा आज एक कार्यक्रमका विचं नेपाली काग्रेसका तर्फबाट मेयर , उपमेयर , पार्टी नगरसभापती र घोषणापत्र तयारी समितीका संयोजकले संयुक्तरुपमा घोषणा पत्र सार्वजनीक गरेका हुन् ।
घोषणा पत्रमा कावासोती लाई नवलपुर जिल्लाको सदरमुकाम बनाउने , स्वरोजगार उन्मुख शिक्षा , बृद्धवृद्धाका लागि सेवाआश्रमका साथै जेष्ठ नागरीक , अपाङग र अल्पसंख्यकले पाउदै आएको भत्तालाई दोब्बर बनाउने उल्लेख छ ।
यसैगरी मेयरपदका उम्मेदवार महेन्द्र पोख्रेल र उपमेयर खगिसरा गुरुङले सबै जातजाती , भाषाभाषि र समुदायको हकअधिकारको चौतर्फी विकास गरी अगाडी बढ्ने उल्लेख गरीएको छ ।
घोषणा पत्रमा फोहोरमैलाको उचित ब्यवस्थापन तत्काल गरीने , कृषक परिचय पत्र , मजदुर विमा , जैविक मार्गको विकास लाई मुखय प्राथमीकतामा राखीएको बताए ।
यस्तै सबै कच्चि सडक पक्की गर्ने , सुविधा सम्पन्न सरकारी अस्पताल निमार्ण गर्ने , प्राविधिक शिक्षालय स्थापना गरेर सुन्दर शान्त र समृद्ध नगर बनाउने घोषणा पत्रमा उल्लेख गरीएको छ ।
मेयर पदका उम्मेलवार पोख्रेलले आफुले महोत्काक्षी योजना नल्याएको बताउदै आफुले उल्लेख गरेका योजना जुनसुकै हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गनुभयो ।
यसैगरी नेकपा एमाले कावासोती नगरकमिटीले समेत आफ्नो पार्टिको घोषणा पत्र आज सार्वजनीक गरेको छ । घोषणा पत्रमा नेकपा एमालेले कवाासोतीको चौतर्फी विकाश गरी नमुना शहर बनाउन योजनाहरु प्रस्तुत गरेको छ ।
घोषणा पत्रमा नेकपा एमालेले नवलपुरलाई नया जिल्लाको रुपमा मान्यता दिलाउदै जिल्लाको सदरमुकाम कावासोती नगरपालिकालाई बनाउने साथै आवश्यक बिभिन्न सरकारी कार्यालयको स्थापन गर्ने जनाएको छ ।
नेकपा एमालेले नगरपालीकाका १७ वटै वडामा सुविधा सम्पन्न वडा कार्यालय स्थापना गर्ने देखि कम्पुटर प्रणाली द्धारा वडामा सर्वसुलभ सेवा प्रदान गर्ने,जनतामुखी कर नीति अवलम्बन गरिने र आम्दानीको आधारमा कर लिने नीति अवलम्बन गरीने जनाएको छ ।
यस्तै सरकारी सेवालाई पारदर्शी र भ्रष्टचारमुक्त गरीने समेत घोषणा पत्रमा उल्लेख गरीएको छ भने बिश्वबिद्यालय स्थापनका लागि पहल गर्ने,प्राविधिक शिक्षा र बिद्यालयको स्तर उन्नतिका लागी कमद चाल्ने जनाएको छ ।
ब्यवसायीक कृषि पेशामा जोड दिदै बिशेष कृषि उपजको पहिचान गरी त्यस्ता क्षेत्रहरुलाई कृषि पकेट क्षेत्रको रुपमा बिकास गर्ने,कृषिका लागि सहुलियत दरमा ऋण उपलब्ध हुने ब्यवस्था मिलाउने घोषणा पत्रमा जनाएको छ ।
यस्तै घोषणा पत्रमा नदी तथा खोलाजन्य पदार्थको उचित ब्यवस्थापन गरी सर्वशुलभ रुपमा उपयोग गर्ने वातावरण मिलाईने समेत उल्लेख गरीएको छ ।
नेकपा एमालेले घोषण पत्रमा कावासोती ,बालुवाडाडा हुदै प्रदेश ४ को केन्द्र पोखरासम्म पुग्ने मुल बाटो निर्माणका लागी प्रदेश तथा संघीइ रकासग सहकार्य गरी प्राथमिकताका साथ कार्य गरीने पनि उल्लेख गरेको छ ।
यस्तै नगरपालीका घोषणा हुनुभन्दा अगाडि कायम भएका तर नगरपालिकाको मापदण्ड नपुगेका सडकहरुको सन्दर्भमा बिशेष निर्णय गरी ब्यवस्थित गरीने जनाएको छ भने व्यवस्थित बस पार्कको निर्माण गरिने साथै प्रत्येक वडामा पुग्ने गरी नगरबस सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।
त्यस्तै नगरपालीकाभित्र बसोवास गरेका भूमिहीन ,सुकुम्बासी एवम् अव्यवस्थित बसोबास गर्दै आएका जनतालाई सर्वसुलभ तरिकाले जग्गाधनी पुर्जा बितरण गर्ने,वास्तविक भूमिहीन सुकुम्बासीहरुलाई सरकारी दस्तुरमा सहुलियतको ब्यवस्था गरीने,लालपुर्जा नभएका परिवारका लागि वडा कार्यालयको सिफारिसमा विजुली तथा पानीको उपभोग गर्न पाउने ब्यवस्था गरीने समेत घोषणा पत्रमा उल्लेख गरीएको छ ।
नेकपा एमालेले “स्वास्थ्यका लागि खेल ” भन्ने अभियान नगरपालीका भित्रका शैक्षिक सस्थाहरुमा सञ्चालन गर्ने,नगर क्षेत्रभित्र सुविधा सम्पन्न र¨शालाको स्थापना गर्ने,कम्तीमा एक वार्ड एक खेलकुद मैदान बनाउने समेत उल्लेख गरेको छ ।
घोषण पत्रमा नगरभित्र रहेका राष्ट्रिय स्तरका खेलाडिहरुलाई रोजगारी वा जीवन निर्वाह भत्ताको ब्यवस्था गर्ने उल्लेख गरेको छ । पर्यटन तथा उद्योग तर्फ होमस्टे, लगाएत यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको बिस्तार तथा प्रर्वद्धन,नगरका हरेक वडाहरुमा मनोरञ्जन पार्क निर्माण गरीने ,प्रत्यक वडामा जयेष्ठ नागरिकका लागि मनोरञ्जन पार्क निर्माण,नगरभिका पिकनिक स्थलहरुको स्तरोन्नती देखी बालुवाडाडामा पर्यटकीय पूवाधारसहितको भ्यू टावर निर्माण गरिने उल्लेख गरेको छ ।
यस्तै कावासोती नगरपालिकाको ११ नम्बर वडाको उत्तरतर्फ र वडा नम्बर १ को दक्षिण तर्फ रहेको लोकाहामा देवचुली नगरपालीकासंग समेत समन्यव गरी अन्राष्ट्रिय स्तरको मध्यविन्दु पार्क निर्माण गर्न आवश्यक पहल गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
नगरभित्र रहेका सार्वजनिक जग्गाहरुको पहिचान गरी उपयुक्त स्थानमा औद्योगिक क्षेत्र निर्माण गरिने ,स्थानीय कच्चा पदार्थमा आधारित श्रमूलक उद्योगहरुको स्थापनाका लागि सहुलियत प्रदान गरीने नेकपा एमालेले जनाएको छ ।
यसैगरी नेकपा एमालले मध्यविन्दु सामुदायिक अस्पताललाई जिल्ला अस्पताको रुपमा विस्तार गरी सर्पदंस उपचारको व्वस्था समेत मिलाउने जनाएको छ । स्वास्थय चौकीहरुको क्षमता वृद्धि,सबै वार्डमा गाउघर क्लिनिक भवन बनाउने ,गाउ गाउमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
कावासोती नगरपालिकाको सबै भन्दा ठुलो समस्या बेनको फोहर व्यवस्थापनको बिषय पनि नेकपा एमालेले घोषण पत्रमा उल्लेख गरेको छ । फोहरको प्रक्रिति अनुसार ल्याण्डफिल साईट ,फोहरबाट मल बनाउने ,फोहरर्ला पुनःप्रयोग गर्दै जिरो वेष्ट सचेतना संचालन गरीने उल्लेख गरेको छ ।
नेकपा एमालेले मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका लागि उचित क्षतिपूर्ति सहित स्थानीय तहमा द्धन्दकोषको स्थापना गर्नुका साथै “जनताको लागि वन्यजन्तु ” भन्ने कार्यक्रम संचालनमा ल्याइने घोषण पत्रमा उल्लेख गरीएको छ ।
घोषणा पत्र सार्वजनिक कार्यक्रम कावासोती नगर कमिटीका संयोजक बिष्णु प्रसाद भुषालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तिलक महतको प्रमुख आतित्थ्यतमा भएको थियो ।