काठमाडाैं ।
महिला अधिकारकर्मी रश्मिला प्रजापतिले आसन्न नेवाः देय् दबूकाे आठौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
राजधानीकाे कुलेश्वरमा अायाेजित एक समाराेहकाबीच उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
देय् दबू देशभरका नेवाः समुदायकाे राष्ट्रिय संगठन हो।देय् दबूकाे केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने उनी पहिलाे महिला अध्यक्ष हुन् । देय् दबू ३० वर्ष अघि स्थापना भएकाे थियो।
संघीय प्रणाली अनुरूप केन्द्र, प्रदेश, जिल्ला, नगर हुँदै वडा टाेल सम्म संगठन बिस्तार गरिसकेको उल्लेख गर्दै प्रजापतिले संगठनलाई चलायमान बनाउन आफूले उम्मेदवारी दिन लागेको बताइन्।
महिला अधिकार, आदिवासी जनजाति अधिकारमा लामाे समयदेखि कार्यरत प्रजापति हाल देय् दबूकाे उपाध्यक्ष समेत रहेका प्रजापति झन्डै देढ दशक देय् दबूमा क्रियाशील छन् । उनी देय् दबू अन्तर्गत नेवाः मिसा दबूकाे संस्थापक अध्यक्ष समेत हुन । समुदायमा विभिन्न क्षेत्रमा महिला नेतृत्व स्थापित गर्न लामाे समयदेखि काम गर्दै अाएकाे जनाउँदै प्रजापतिले अाफ्नाे उम्मेदवारी त्यही कडीकाे विकसित स्वरूप रहेको बताइन्।
´ देय् दबूमा महिला नेतृत्व स्थापित गर्नुपर्ने खाँचो छ। नेवाः मिसा दबूकाे अभियान मार्फत देशभर संगठन बिस्तार भइसकेको छ । ´ यसक्रममा थुप्रै समस्या, अवस्था बुझ्ने माैका पाएँ । महिलाहरूमा निकै चेतनशील भएकाे पनि पाएँ। महिला सशक्तीकरणलाई समग्र सङ्गठनको हितमा सदुपयोग गर्दै रूपान्तरणकारी बनाउन मेराे उम्मेदवारी हो ।` प्रजापतिले भनिन्।

महिलाकाे काेणबाट मात्र नभई नेवाः समुदायकाे सामाजिक, आर्थिक रूपमा सशक्तीकरण गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा देय् दबूकाे भिजिविलिटीका लागि ठाेस काम गर्न उम्मेदवारी दिने तयारी गरेको उनकाे कथन रहेको छ ।
नेपाल भाषा, संस्कृति, सम्पदाको संरक्षण तथा आर्थिक विकास लागि पनि आफूले उम्मेदवारी दिन लागेको उनले बताइन्।
अहिले देय् दबूकाे संगठन व्यापक रूपमा विस्तार भइसकेको छ। ´ काेठामा बसेर र काठमाडौँमा बसेर मात्र संस्था चलाउन सकिन्न। यसका लागि सक्षम र सशक्त नेतृत्वको खाँचो छ। यसलाई पूर्ति गर्न मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ।` उनले भनिन् ।
देय् दबूकाे अागामी जेठ २ , ३ र ४ नवलपुरमा हुने आठौँ महाधिवेशनलाई उम्मेदवार चयनमा मात्र केन्द्रित नभई सङ्गठनको रूपान्तरणका एजेन्डासहित सबल नेतृत्व छान्नेतर्फ सबैकाे ध्यान जानुपर्ने खाँचो पनि उनले अाैल्याइन् ।
६८ जिल्लामा शाखा रहेको देय् दबूमा प्रजापति देशभरका समग्र नेवाः समुदायकाे अवस्था, भूगाेल बुझेकाे रूपमा उम्मेदवारी दिने घाेषणासभामा सहभागीले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।