
काठमाडौं । झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका सामानसहित तीनवटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका-५ मा आइतबार राति नेपाल प्रहरीले उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको हो ।
भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका भारतीय नम्बर प्लेट भएका तीन कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ती कन्टेनरबाट रु. ३ करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । बरामद सामानमा ट्याक कम्बाइन हार्भेस्टरलगायत अन्य सामग्री रहेका छन् । नियन्त्रणमा लिइएका कन्टेनरहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।