
काठमाडौं । हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसद्मा ध्यानाकर्षण गराइएको छ । गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।
उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका अनुसार सो बिष्फोटवाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिँचाइ हुँदै आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।
‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३२ जना अहिले खेतमा पाल टाँगेर बसेका छन्, जसमा जसमा २१ जना महिला, ९ जना पुरूष २ जना बालक रहेका छन् ।’
हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारवाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहात दिन र उद्धार गराउन पनि माग गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।