काठमाडौं ।
पाशुपतक्षेत्रको बारेमा अध्ययन र अनुसन्धानपछि तयार गरिएको ‘पाशुपत विश्वकोष’को लोकार्पण गरिएको छ । पाशुपत र भगवान पुशपतिनाथको बारेमा क देखि ज्ञ सम्मका विषयबारे जानकारी लिन सकिने सो पुस्तकमा पशुपतिनाथको बारेमा सबै विषय समेटेको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै हनुमानढोका दरबारक्षेत्र विकास समितिका निर्देशक काजी प्याकुरेलले यो पुस्तक नामकै कारण बढी जानकारीमूलक हुने बताए । यो पुस्तकक ब्यापक ज्ञानको भण्डार हो भन्ने सूचित गरेको छ । लेखक ढकालले पशुपतिनाथसँग सैब धर्मका विविध आयाम पक्षलाई समेटेर ब्याख्या गर्नुभएको छ । फोटो सहितको सो किताब ज्ञानको भण्डार हो । यसलाई सबैले ग्रहण गर्नुपर्छ भने ।
कार्यक्रममा बोल्दै लेखक एवं अनुसन्धाकर्ता प्राडा सोमप्रसाद खतिवडाले पाशुपतक्षेत्रको धर्मशालामा बसेर लगातार ५ वर्षको मेहेतनपछि पुस्तक तयार भएको बताए । प्रदीप सर र म मिलेर पुस्तक प्रकाशन गरेका हौ । पुस्तकमा पाशुपतक्षेत्रको सबै विषय जानकारी दिएका छौ । उनले विश्वकोषमा पाशुपतक्षेत्रको बारेमा जुन विषयवस्तु अध्ययन गर्न खोेज्यो त्यही विषयवस्तु अध्ययन गर्न पाईने बताए । किताब ९ सय ५४ पृष्ठको छ ।

‘ज्योतिलिङग के हो ? शिव र शिवजी के हो । पशुपतिनाथ के हो ? शिवजीको अवतार, पाशुपतक्षेत्रमा कति मन्दीर र मुर्ति छन् । कति क्षेत्र छन् । शिव परिवार केहो । किन शिवलिंगमा पुजा हुन्छ । लगायत सबै विषय विश्वकोषमा राखिएको बताए । उनले भने–पाशुपतक्षेत्रको हरेक धाम,मठ, गुठी्, देवालय , शिवालय छन् ती सबैको बारेमा विश्वकोषमा समेटेका छौ । उनले सानो कुराको जानकारी लिन पुरै किताब पढ्नपर्ने अवस्थामा पाशुपतक्षेत्रबारेमा आफूले नजानेका विषयवस्तुमात्र खोज्न विश्वकोष हेरे पुग्ने बताए ।
भने–पुस्तक भनेपछि सबै पढ्नुपर्छ, विश्वकोषमा चाहेजतिमात्र जानकारी लिन मिल्छ । त्यसैले पाशुपतक्षेत्रको बारेमा चाहेजति जानकारी हासिल गर्न पाशुपत विश्वकोष तयार गरेको लेखकद्धयको भनाई छ । यो पुस्तक पाशुपतक्षेत्रको बारेमा पहिलो विश्वकोष हो ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पाशुपतक्षेत्रमा छरिएका विषय समेटेर पुस्तक तयार भएकोमा लेखकद्धय प्राडा खतिवडा र डा ढकाललाईलाई धन्यवाद दिए । पुस्तक उपयोगी छ । रुचि राख्ने महानुभावले अनिवार्यरुपमा अध्ययन गर्नुपर्छ ।उनले पाशुपतक्षेत्रको बारेमा विश्वकोषको रुपमा पुस्तकप्रकाशन भएपछि यसलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चासो हुने दाबी गरे ।
उनले स्वदेशमा मात्र नभएर विदेशमापनि अध्ययन गर्ने राम्रो सामाग्री रहेको छ । तुलनात्मक रुपमा स्रोत साधनाको रुपमा रहेको छ । संस्कृतिक्षेत्रमा काम गर्ने सबैको लागि महत्त्वपूर्ण छ । आगामी पुस्ताको लागि स्रोत अध्ययनको विषय बन्न सक्ने विश्वास व्यक्त गरे ।

पुरातत्व विभागका महानिर्देशक देशले महत्त्वपूर्ण ग्रन्थ पाएका छ । यसलाई सबैले अध्ययन गर्नुपर्छ । पशुपति र पाशुपतक्षेत्र लगायत धेरै सम्पदा छन् । त्यसमा पति यो पुस्तकले शैव धर्मसम्बन्धी ज्ञानको भण्डार दिएको छ । । भोलीका दिनमा शैव धर्ममान्नेको लागि उपयोगी हुने विश्वास व्यक्त गरे । ६ वर्ष लगाएर पुरा गहिरा अनुसन्धान गरी तयार भएको पुस्तकमा १ सय १० धर्मसाला र ४ सय मठमन्दीर हजारौ शैव प्रतिमाको विषय समावेश गरेको बताए । भने– यो किताब स्रोत सामाग्रीको रुपमा पाएका छौ । दराजमा थक्याएर राख्ने होइन अध्ययन गर्न अनुरोध गर्दछु । भोलीको लागि विशेष महत्त्व हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।