सोनकलि थारु
२५ जेठ सुनवल । पत्रकार महिलाको लागि मतदाता शिक्षा कार्यक्रम भुमहिमा सम्म्पन्न भएको छ । क्रियाशिल पत्रकार महिला नवलपरासीको आयोजनामा मतदाता शिक्षा कार्यक्रम भएको थियो । नवलपरासीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको प्रमुख
आतिथ्यता, जिल्ला निर्बाचन कार्यालयका नासु चुरा बिक्रम शाही, नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्ब सभापति केशब पराजुली ,कार्यसमिति सदस्य कल्पना कुवर,अकोराबका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी , सद्धार्थ बाहुउदेश्यीय सहकारी सस्था लि.का अध्यक्ष यमलाल पाण्डे लगायातको अतित्थ्यतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका भण्डारीले जवसम्म मतदानका लागि मेशिनको प्रयोग गरीदैन र मत पत्रको प्रयोग गरिन्छ तवसम्म बदर मतको संख्यामा शुन्य मा पुरयाउन नसकिने वताउनु भएको थियो । कार्यक्रम क्रियाशिल पत्रकार महिला नवलपरासी की अध्यक्ष धनु भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ५० जना नवलपरासीका महिला पत्रकार र सामाजिक सहजकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वच्छ स्वतन्त्र र निस्पक्ष निर्वाचन र स्थानिय तह निर्वाचन २०७४ का बारेमा तालिम प्रदान गरिएको थियो । तालिममा नगरपालिका तथा गाउपालिकाको भुगोल,साथै नगरसभा तथा गाउ सभाको छनोट तरिका , र नगरकार्यपालिका, गाउकार्यपालिका को छनोट तरिका, र जिल्ला सभाको छनोट तरिकाको बारेमा प्रशिक्षण दिईएको थियो ।
जसमा नगरपालिका सभा तर्फ १ जना मेयर १ जना उपमेयर प्रत्येक वडामा १ जना वडाध्यक्ष ,१ जना महिला सदस्य, १ जना दलित महिला सदस्य र दुई जना खुल्ला तर्फ बाट मनोनित हुने छन् । गाउपालिकाको सभा तर्फ १ जना अध्यक्ष १ जना उपाध्यक्ष प्रत्येक वडामा १ जना वडाध्यक्ष ,१ जना महिला सदस्य, १ जना दलित महिला सदस्य र दुई जना खुल्ला तर्फ बाट मनोनित हुने छन् ।चुनाव सम्मपन्न भएको ३ दिनमा सपथ खुवाईने छ । त्यस्तै नगर कार्यपालिका, गाउ कार्यपालिका को छनोटमा मेयर ,उपमेयर र बटा अध्यक्ष हरु पदेन रहन्छन भने महिला सदस्य र दलितबाट ५ जना र दलित र अल्प संख्यक बाट ३ जना भई नगरकार्यपालिकाको गठन गरिन्छ । भने गाउ कार्यपालिका तर्फ अध्यक्ष उपाध्यक्ष र बटा अध्यक्ष हरु पदेन रहन्छन भने महिला सदस्य र दलितबाट ४ जना र दलित र अल्प संख्यक बाट २ जना भई गाउ कार्यपालिकाको गठन गरिन्छ त्यस्तै जिल्ला सभामा १५ बटा स्थानिय तहबाट मनोनित भएका मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष गरी ३० जना बाट मतदान गरि जिल्ला सभाको गठन गरिन्छ । जिल्ला सभामा भने १५ बटा स्थानिय तह बाट मनोनित भएका ८९७ जना सबै यसको प्रमुख उपप्रमुख आदिका लागि उठ्न सक्दछन् । जसबाट १ जना प्रमुख १ जना उपप्रमुख ३ जना महिला सदस्य र १ जना दलित वा अल्पसंख्यक गरि ६ जना वा अवश्यकता हेरी ९ जना सम्मको जिल्ला सभा गठन गर्न सकिने छ । जिल्ला सभा मत परिणाम भएको ३० दिन भित्र गनुपर्नै प्रावधान रहेको छ ।
त्यस्तै सोही तालिममै मतदान गर्नै तरिका र बदरमत को संख्यामा कमि ल्याउनको लागि ध्यान दिईनुपर्नै कुरामा पनि प्रयोगात्मक कार्य गरिएको थियो । पहिलो चरणको स्थानिय तहको चसनाव बैशाख ३१ गते नवलपरासीको नवलपुर क्षेत्रमा सम्मपन्न भैसकेको छ। भने दोस्रो तहको स्थानिय तहको चुनाव यही असार १४ गते परासी क्षेत्रमा हुदैछ । पहिलो चरणको स्थानिय चुनावमा भएको बदर मत सख्या नेपालका अन्य ठाउमा भएको बदरमतको तुलनामा कम भएतापनि भएको बदरमतको तुलनामा कमी ल्याउनका लागि संचालन गरिएको उक्त तालिम ले सघाउ पुर्याउने आशा रहेको अधिकृत भण्डारीले राख्नु भएको थियो । तालिममा निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारी र निर्वाचन कार्यालयका नाशु चुणा विक्रम शाही प्रशिक्षक रहनु भएको थियो । कर्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति केशव पराजुलि, नेपाल पत्रकार महासंघ का सदस्य कल्पना कुवर लगाएतले बोल्नुभएको थियो । क्रियाशिल पत्रकार महिला नवलपरासी की उपाध्यक्ष ज्ञानु पंगेनीको स्वागत मन्तव्य र सिता शर्माको संचालन रहेको थियो ।