स्वीजरल्याण्डका भूगोलविद टोनी हेगन सन् १९५० मा नेपाल आए। उनी नेपालको भूगोल अध्ययनका लागि नियुक्त भएका थिए। अध्ययनको क्रममा उनी हिँडेरै विभिन्न ठाउँहरु पुग्थे, अनुसन्धान गर्थे, नक्साहरू कोर्थे अनि तस्विरहरु खिच्थे। तिनै तस्विरहरु अहिले भक्त्तपुरको टोनी हेगन हाउसमा प्रदर्शन गरिएको छ।
सोमबारबाट सुरु भएको प्रदर्शनीमा करिब ६० वर्षअघि हेगनले खिचेका तस्विरहरु छन्। तस्विरबाट नेपालको भौगोलिक एवं भौतिक रुपमा परिवर्तन आएको प्रस्टै देखिन्छ। तै तस्विरहरु नियालिरहेका मानिसहरुको अनुहारमा आश्चर्यको भाव छल्किइरहेको थियो।
काठमाडौंका पुरानो तस्विर नियालिइरहेका एक व्यक्तिले वसन्तपुरको तस्विरलाई इसारा गर्दै भने, ‘यी हेनुर्स त रञ्जना हलका मालिकको पुरानो घर। अहिले त यो घर छैन् क्यारे।’
प्रदर्शनीमा एेरियल र ल्याण्डस्केप तस्विरहरू छन्। तस्विरमध्येमा निकै फराकिलो र सफा बाग्मति देख्न सकिन्छ, स्वयम्भुको वरिपरि खेतका फाटहरु छन्, त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा गाईहरु चरिरहेका छन्, फराकिलो टुडिँखेल लगायत छन्। यी तस्विरहरुमा रहेको थुप्रै संरचनाहरु आधुनिक्तासँगै मासिइसकेका छन्।
हेगन विकासका यीनै पुर्वाधारहरुले समाज र भौगोलिक परिर्वतन हुने कुरामा सचेत थिए। तै उनी नेपालका शाषकहरुलाई आधुनिकताले वातावरणिय एवं सामाजिक परिवर्तन ल्याउने कुरामा सजक बनाइरहन्थे।
हेगनकी छोरी क्याट्रिनले ६० वर्षअघिको नेपाल र अहिलेको नेपालमा धेरै फरक भएको बताउदै बाँकी रहेको संरचनालाई जगेर्ना गर्न सुझाव दिइन्।
‘६० वर्षमा नेपाल निकै नै परिवर्तन भएको छ। र यो परिवर्तन नेपालमा मात्रै होइन् सबै तिर हुन्छ,’ उनले भनिन्, ‘हामीले जे थियो त्यो कुरालाई सम्झिँएर दुख मनाउने काम गर्नुभन्दा जे छ त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर सोच्न जरुरी छ।’
टोनी हेगनले सन् १९६२ मा ‘नेपालः अ किंगडम इन द हिमालय’ नामक पुस्तक प्रकाशित गरेका थिए जसले नेपाललाई विश्वसामू चिनायो। प्रदर्शनीमा राखिएका केही तस्विरहरु पुस्तकमा पनि छन्, बाकीँ क्याट्रिनले उपलब्ध गराएकी हुन् प्रदर्शनी चैत १९ सम्म चल्नेछ।
यो समाचार सेतोपाटीबाट लिईएको हो।