प्रदेश १ को सभामा सातवटा विषयगत समिति बनाइएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बुधबारको बैठकमा सदनलाई समिति बनाएको जानकारी दिए ।
प्रदेश सभाले न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति बनाएको छ । न्याय, प्रशासन तथा विधायन समिति १७ सदस्यीय छ । त्यस्तै, सुशासन तथा जना समिति १३ सदस्यीय, अर्थ समिति ११ सदस्यीय र सार्वजनिक लेखा समिति नौ सदस्यीय छ । सामाजिक विकास समिति १३ सदस्यीय, उद्योग पर्यटन तथा वातावरण समिति ११ सदस्यीय र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति १२ सदस्यीय छ ।
प्रदेश सभा र सरकारको काम–कारबाहीलाई सहयोग पुर्याउन समिति गठन गरिएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताए । ‘सरकार र प्रदेश सभाको काम पारदर्शी र प्रभावकारी बनाउन प्रदेश सभा सञ्चालन नियमावलीअनुसार समितिहरू निर्माण गरिएको हो,’ भण्डारीले भने ।
समिति संयोजकहरू भने समिति सदस्यहरूले छान्नेछन् । संयोजक छान्दा समावेशितालाई ख्याल गर्नुपर्नेछ ।
कुन समितिमा को–को ?
न्याय प्रशासन तथा विधायन समिति
रामकुमार ओझा, ज्ञानेश्वर
राजवंशी, सावित्री जोशी, विमल कार्की, वसन्तीदेवी यादव, लीलाबल्लभ अधिकारी, इन्द्रमणि पराजुली, खिनुलंगवा लिम्बू, राजीव कोइराला, चन्द्रप्रसाद श्रेष्ठ, चुमनारायण तवदार, शान्त पौडेल, टेकबहादुर आङबुहाङ, सौभाग्यवती राई, जयराम यादव, इन्दिरा राई, विष्णु तुम्बाहाम्फे
सुशासन तथा योजना समिति
भीमप्रसाद आचार्य, तेजमान
कन्दङ्वा, हिराकुमार थापा, बलबहादुर साम्सोहाङ, सुनिताकुमारी चौधरी, गुलेफन मियाँ, उषाकला राई, शेखरचन्द्र थापा, ज्योति सुब्बा, सूर्यमाराज राई, धीरेन्द्र शर्मा, पूर्णप्रसाद राई,राधा थापा
अर्थ समिति
राजनकुमार भट्टराई, यशोदा अधिकारी, अर्जुन राई, एकराज कार्की, पदमकुमार गुरुङ, जसमाया गजमेर, प्रतापप्रकाश हाङनाम, लीला सुब्बा, ओमप्रकाश सराबगी, पूर्णप्रसाद राजवंशी, रामकुमार राई
सार्वजनिक लेखा समिति
तुलसीप्रसाद न्यौपाने, वसन्तकुमार बानियाँ, सरिता थापा, होमकुमारी साँवा, आशारत्न जबेगु, शिवनारायण गनगाई, सज्जाकुमारी दनुवार, कुलप्रसाद साम्बा, कुसुमकुमारी श्रेष्ठ
सामाजिक विकास समिति
निरन राई, गणेशकुमार काम्बाङ, लक्ष्मण तिवारी, अम्बिका थापा, कृष्णकुमारी राई, राजेन्द्रकुमार राई, साबित्राकुमारी रेग्मी, केदार कार्की, अमनलाल चौधरी, झलकसिंह दर्लामी, कल्पनाकुमारी सरदार, रामचन्द्र लिम्बू, सीता थेबे
उद्योग, पर्यटन तथा वातावरण समिति
नीलम बस्नेत, काजीमान कागते, श्रीप्रसाद मैनाली, कला घले, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर, मोहम्मद ताहिर मियाँ, बिन्दिया कार्की, विद्यानन्द चौधरी, नारायण बुर्जामगर, उमिता विश्वकर्मा
प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
उत्तमकुमार बस्नेत, सर्वध्वज साँवा, उपेन्द्र घिमिरे, हिमाल कार्की, वृखबहादुर प्रधान, विजय विश्वास, मोहनकुमार खड्का, नवोदिता चौधरी, अम्बिरबाबु गुरुङ, विनादेवी राई
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।