मोतीराम तिमल्सिना, काभ्रे
भुकम्प गएको तीन वर्ष पुरा भईसकेको छ । भुकम्प पीडितहरुको गुनासो सम्बोधन हुन सकेको छैन । सम्झौता गरेर पुनर्निमाण गर्ने पीडितहरुले बैकमा रकम अभाव हुँदा भुक्तानी पाउन सकेका छैनन । तर भुकम्प पीडितहरुका लागि खोलिएका कार्यालयहरुमा भने प्रशासनिक रजाई भएको छ ।
भुकम्प पीडितहरुका लागि खोलिएको कार्यालय जिल्ला आयोजना कार्यान्वयन इकाईले चालु वर्षको असार मसान्त भित्र चार अर्ब रकम भुक्तानी गर्नु पर्ने तथ्यांक सार्वजनिक गरेको छ । चार अर्ब माग भएको जिल्लाका लागि दुई किस्ता गरेर डेड अर्ब रकम प्राप्त भएको छ । कार्यालयमा किस्ता बापतको रकम कहिले आउँछ ? भन्दै सेवाग्रही भुकम्प पीडितहरुको लाईन आउँछ । आयोजना कार्यान्वयन इकाईले बैकमा रकम नभएका कारण भुक्तानी गर्न नसकेको जवाफ दिएर फर्काउने गरेको छ ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणको धुलिखेलमा रहेको शाखाले भुकम्प पीडितहरुका लागि भन्दा प्रशासनिक रजाईमा मस्ति गरेको भेटिएको छ । प्राधिकरणको क्षेत्रिय कार्यालय रहेको समयमा सह सचिव सहितको दरवन्दी थियो धुलिखेलमा । त्यहि बेला भाडामा लिएको १६ कोठे भवनलाई चार जना कर्मचारीहरु रहँदा पनि पनि प्रयोग गरिरहे । मासिक ६० हजार घर भाडा तिरेर १६ कोठा सम्झौता गरेको भवन प्राधिकरणले तीन वर्ष प्रयोग ग¥यो ।
तिन वर्षसम्म उक्त घरको चारवटा कोठा भन्दा कहिल्यै प्रयोगमा आएन । भाडा मात्रै २० लाख भन्दा धेरै तिरेको उक्त कार्यालयको जस्तै काम गर्न २०७३ माघ देखि जिल्ला आयोजना कार्यालय खुल्यो । त्यो कार्यालय पनि भाडा तिरेरै बसिरहेको छ । शिक्षा कार्यालय अन्र्तगत डिएलपिआईयु खुल्यो । पाईलैपिच्छे कार्यालय खोलेर राष्ट्रिय प्राधिकरणले प्रशासनिक दोहन गरिरहेको छ ।
भुकम्प पीडितलाई दिने खातामा शुन्य रकम छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको धुलिखेल कार्यालय खारेज भएपछि त्यसका सामान राख्न अर्काे छुट्टै कार्यालय भाडामा लिनु पर्ने अवस्था सिर्जना भएको छ । कतै सामान भद्रगोल कतै बर्षै पिच्छे कार्यालय पिच्छे नै खरिद गरेर भुकम्पका नाममा विनियोजन भएको रकम अनियमित खर्च गरिएको छ । अनुगमनका नाममा कार्यालय सहयोगिलाई समेत सहभागि गराएर वितरण गरिएको भत्ताको हिसाव किताव नै छैन ।
१६ कोठे कार्यालयका लागि ६० हजार भाडाको अलावा लजिस्टिक बापतका दर्जनौ सामानहरु खरिद गरेर थन्काईएको थियो । अन्य कार्यालय खोल्दा समेत थन्क्याईएका समानहरु पठाईएन । चार जना कर्मचारीका लागि त्यति धेरै भाडा तिरेर किन कार्यालय राखियो ? लजिस्टीक सामान अन्य कार्यालयलाई किन उपलब्ध गराईएन ? यता भुकम्प पीडितहरु किस्ता नपाएर छट्टपट्टिएका छन् । ९० हजार सर्भे गरिएकोमा ७२ हजार ४ सय १७ मात्रै लाभग्राहि सूचीमा परेका छन् । २४ सय १५ प्रवलीकरणमा छन् । अझै १५ हजार घर परिवारको गुनासो सम्बोधन हुन सकेको छैन । २३ हजार ६ सय ३६ गुनासो फाराम भरिएको थियो ।
जिल्लामा ६६ हजार ९ सय ९१ पीडितहरुको लाभग्राहि सूची अनुसार सम्झौता गरिएको छ । दोश्रो किस्ता २५ हजार ४ सय ४५ र तेश्रो किस्ता ६ हजार ९ सय ८२ जनाले प्राप्त गरेका छन् । रेकर्डमा ४३ हजार १ सय १६ घर बन्दै गरेको देखाईएको छ । स्थानीय जनप्रतिनिधिहरुले भुकम्प प्राधिकरणको कामको सुस्तताका कारण जनताको दबाब थेग्न नसकेको गुनासो गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।