हिजोआज धेरैजसो व्यक्ती अफिसको कामले गर्दा दैनिक ८ देखी ९ घण्टा एसीमा बस्नु पर्ने हुन्छ । जसले गर्दा मनिसको स्वास्थ्य अवस्थामा यस्तो खालको समस्या निम्त्याउदछ।
थकान : एसिको तापमान काम रहन्छ । यस्तो अवस्थामा शरीरलाई आफ्नो तापमान कायम गर्नका लागि बढी मेहनत गर्नुपर्छ, जसले गर्दा थकान महसुस हुन्छ ।
टाउको दुख्ने: लगातार एसिमा बस्नाले शरीरको रक्त संचार गडबड हुने गर्छ । यस्तो अवस्थामा मांशपेसी खुम्चने तथा टाउको दुख्ने समस्या हुन सक्छ ।
बेचैनी र तनाव : धेरैजसो एसिमा बस्नाले शरीरलाई एकै तापमानको बानी पर्छ । यस्तो अवस्थामा तनाव वा बेचैनीको समस्या हुनसक्छ ।
पिनास : एसिको चिसो हावाका कारण ‘म्युकस ल्यान्ड’ कडा हुन जान्छ । अध्ययन भन्छ, जो व्यक्ती दैनिक ४ घण्टाभन्दा बढी समय एसिमा बस्छ, उसलाई पिनास हुने खतरा बढी हुन्छ ।
एलर्जी: एसिको फिल्टरलाई लामो समयसम्म सफा नगर्नाले त्यसको हावाबाट निस्कने धुलो र व्याक्टेरियाका कारण रुघा-खोकी, भाईरल संक्रमण तथा एलर्जी हुन सक्छ ।
सुख्खा छाला : एसिको चिसो हावाका कारण छालाको प्राकृतिक गिलोपन कम हुँदै जान्छ, जसबाट छाला सुख्खा हुन जान्छ र चिलाउन पनि थाल्छ ।
आँखामा समस्या: एसिको चिसो हावाका कारण आँखाको सुख्खापन बढ्छ । यस्ले आँखा चिलाउने, पानी आउने, दुख्ने तथा आँखा रातो हुने जस्ता समस्या हुन सक्छ ।
जोर्नी दुखाइ: एसिबाट निस्कने हावाका कारण जोर्निको कार्यमा नराम्रो असार पुर्याउछ । यसबाट गर्दन, हात, घुडामा दुखाइ तथा नचल्ने समस्या आउन सक्छ । पछी गएर यो ‘अर्थराइटिस’ जस्ता गम्भिर सम्स्यामा परिवर्तन हुन पुग्छ ।
मस्तिष्कमा असर : एसिको तापक्रम निकै काम हुने भएकाले चिसोले मस्तिष्कका सेल्स खुम्चिन थाल्छ । यसले मस्तिष्कमा नराम्रो असर पर्छ । रिङगटा लाग्ने जस्ता समस्या हुनसक्छ ।
डा सुदर्शन थापा
फिजिसियन
लुम्बिनी अञ्चल अस्पताल