सुर्खेत, (नेस)
सुर्खेतमा सशस्त्र प्रहरीलाई लक्षित गरि लागु औषध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा सशस्त्र प्रहरी कर्मचारीलाई लागु औषध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा रहेको महेश्वरी बाहिनी, बाङ्गेशिमलमा कार्यरत बिभिन्न दर्जाका ९६ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई लागु औषध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।