काठमाडौं। बुधबार आयोजित एक कार्यक्रमका बीच नयाँ फिल्म ‘मायाङ्क’ घोषणा गरिएको छ ।
प्रेमकथामा बन्ने यो फिल्ममा अभिनय रहने मुख्य ४ कलाकार मध्ये तीन प्रशान्त ताम्राकार, सुशील उप्रेती र ज्योत्सना योगीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा फिल्मकी एक नायिका भने सार्वजनिक गरिएन । एक नायिकाको नाम गोग्य राख्नुको पछाडि फिल्मको नाम भएको निर्माण युनिटले बतायो ।
रोमी मानन्धरले निर्देशन गर्न लागेकाे फिल्मलाइ जितेन्द्र खतिवडाले निर्माण गर्दै छन् । फिल्म भदौ पहिलो साताबाट छायाँकनमा जानेछ ।
कार्यक्रममा चर्चित अभिनेता प्रशान्त ताम्राकारले ‘मायाङ्क’मा आफ्नो अरु फिल्मभन्दा भिन्न भूमिका रहेको बताए ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।