दयाराम पण्डित, बाजुरा
कञ्चनपुरका पशुचौपाया बाजुराको बडिमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९१ परिवारलाई एक÷एक गाई र बहर वितरण गरिएको बडिमालिका नगरपालिका पशु शाखा बाजुराका प्रमुख शंकर सिंहले जानकारी उदएका छन् ।
सिहँका अनुसार शुक्लाफाटा नगरपालिका र भिमदत्त नगरपालिकाबाट गत साता ८४ गाई र ७ वटा बहर ल्याएर वितरण गरेको हो । गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ति गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताएका छन् ।
बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारको निर्णयसहित बडिमालिका नगरपालिकालाई पत्र पठाएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए ।
उहाँले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताए । उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाई रहेको छ । कञ्चनपुरबाट ल्याईएका ९१ गाईको निःशुल्क रुपमा पशु शाखाले पशु बीमा गर्ने शाखा प्रमुख सिंहले जानकारी दिएकाछन् ।
आगामी वर्ष आर्थिक अभाव भएका कृर्षकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको वताइएको छ । नगरपालिका यस अघि भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको थियो । बडिमालिका नगरपालिका वडा नं. ३ ले सिफारिस छिटो नदिँदा उतm वडामा भने उन्नत जातका गाईहरु वितरणबाट बञ्चित भएको छ । अन्य ८ वटै वडामा उतm गाई तथा बहरहरु वितरण गरिएको छ ।
“कञ्चनपूरमा छाडा चौपायलाई चेकजांच गरी निरोगी बस्तुभाउ बाजुरा ल्याई यहांका किषानलाई वितरण गरेका छौं।” –नगरप्रमुख बडुवाले भन्नु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।