बाल श्रमिकका विषयमा सरकारले धेरै योजना बनाएको छ र दैनिक जसो बालबालिकाका नाममा कुनै न कुनै कार्यक्रम, छलफल, अन्तरक्रिया, मिटिङ नभएका होइनन् । तर ती क्रियाकलापले बाल श्रमिक र बालबालिकाका समस्यालाई पर्याप्त मात्रामा समेटन नसकेको र अझै धेरै काम गर्नुपर्ने बालश्रमिकहरु बताउँछन् ।
बाल श्रमिकहरुको सबैभन्दा ठुलो समस्या भनेको बालश्रमिकहरुलाई हेप्ने र धेरै काम गराउँछे पारिश्रमिक कम दिएर श्रम शोषण गरेको बालश्रमिकहरुको गुनासो रहेको छ । उनीहरू भन्छन् नीति नियमहरू त छ तर पनि कतिपय निकायमा पालना भएको छैन । नीति नियमको पालना गराईयोस र श्रमिकको इज्जत गरियोस् । नेपालमा बालबालिकाकै विषयलाई लिएर खुलेका एनजिओ, आईएनजीओले जनि बाल अधिकारका विषयमा चासो दिएको पाइन्छ सरकारले त्यति चासो नदिएको बालश्रमिकहरुको आरोप छ ।
विश्वास नेपालमा आबद्ध भएर तालिम लिँदै काम गर्ने र अध्ययन पनि गर्दै आएका श्रमिक बालिकाहरूले आफूहरूले तालिम पाउँदा जति कुरा सुनियो काम गर्दा व्यवहारमा समानता पाउन नसकेको बताउँछन् । बालिकाहरूमा बालश्रमका स्थानहरूमा हुने यौन शोषण अझ कहाली लाग्दो भएको उनीहरूको ठम्याइछ ।
विश्वास नेपालको सहयोगमा बाल श्रमिकको परिचय सहित क्लारिसा प्रोजेक्ट भिओसीसँग मिलेर तालीम लिने लगायतका कार्यक्रममा सहभागी बाल श्रमिकहरू भन्छन्–ठमेलमा गएर बाल श्रमिकको अवस्था र कामका विषयमा अध्ययन अनुसन्धान गरियो । यो अनुसन्धान विश्वास नेपालकै नेतृत्वमा एउटा समूह बनाएर गरिएको थियो । ठमेलको कुन कुन ठाउँमा के के काममा बालबालिकालाई लगाईन्छ । बाल श्रमिक एरिया म्यापिङ गर्यौ । जोखिमपूण तरिकाका काम पनि बालबालिकालाई लगाएको पाइयो र त्यसलाई कसरी सुरक्षित गर्न सकिन्छ र बालश्रमलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा अध्ययन भयो ।
त्यो अनुसन्धानमा एक जना सानो बाबुले चिया बोकेर पसल पसल गएको देखेर उनको पिच्छा गरी विश्वास नेपालको प्रतिनिधिले होटेल पत्ता लगाउनुभयो । तर होटेल मालिकले आफन्त हो भनेपछि हाम्रो अनुसन्धानले ती बाल श्रमिकलाई छुटकारा दिन सकेनौ । बाल श्रमिकको परिभाषा बुझेपछि बाटोमा हिँड्दा पनि बालबालिकाले काम गरेको देख्यो भने यो क्षेत्रमा बाल श्रमिक रहेछन् कति कठिन भएको होला भन्ने सोचेर पिडा बोध हुन्छ । अनुसन्धानकर्ता र खोजीले हामीमा आत्मबल बढायो । बाल श्रमिकलाई बिरामी हुँदा पनि काम लगाउने हेला गर्ने, खान नदिने जस्ता हर्कत अनुसन्धानका क्रममा देखियो । आर्थिक र पारिवारिक जिम्मेवारीका कारण बाल श्रमिक बन्न बाध्य अवस्थालाई बुझेका उद्योगी व्यसायिले श्रम शोषण बढी गरेको पाइयो ।
बालश्रम रोक्न सुधार गर्न के गर्नुपर्ला भन्दा उनीहरू भन्छन्–सबभन्दा पहिला परिवारले नै बुझ्नुपर्छ । कति परिवारले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न । केटी मान्छेलाई बालश्रम मात्र नभै यौन दुर्व्यवहार पनि हुन्छ र भन्न सक्दैनन् । अति भएपछि परिवारलाई भन्यो भने पनि काममा जानैपर्छ भन्छन् त्यसपछि कसलाई भन्ने ? दुर्व्यवहार हुँदा सुनुवाइ हुने र न्याय पाउने ठाउँ भए हामी बालिका श्रमिकहरूले पनि उचित काम गरेर आफ्नो जीवनयापन र परिवारको जिम्मेवारी निर्वाह गर्ने थियौ । हाम्रा समस्या कति संस्था, सरकारलाई सुनाई सक्यौ अहिले सम्म कतैबाट सुनुवाइ भएन र आज मिडिया सामु आफ्ना कुरा राखेर सरकारको ध्यानाकर्षण गराउँछे जमर्को गर्दैछौ ।
आर्थिक अवस्था कमजोर भएकै कारण बाल श्रमिक भएर काम गर्दैछौ । विश्वास नेपालको सहयोगमा हामीलाई श्रमिक मात्र नभएर उच्च शिक्षा दिने सम्मको सहयोग पाएका छौ । हामी जस्ता थुप्रै बालश्रमिकले साथ र सहयोग पाएका छैनन् यस्ताका विषयमा सरकारले ध्यान दिनुपर्यो । कोभिड १९ का बेला हामीलाई विश्वास नेपालले गास, बास, कपास दिएर सहयोग गर्यो । हामी जस्तै कति बाल श्रमिकको कोभिडका समयमा काम र माम दुवै खोसियो र ठुलो समस्यामा परे । गोर्खा, ओखलढुङ्गाबाट पारिवारिक आर्थिक अवस्था कमजोर भएर बाल श्रमिकका रूपमा काम गर्न बाध्य भएर काठमाडौँ आएको नेपाल समाचारपत्रसँगको कुराकानीमा बताए ।
उनीहरूको भोलीको योजना र भविष्य काठमाडौँमा श्रम गरेर बनाउने सोच छ । एक बालिकाले भनिन् घरमा आमा मात्र हुनुहुन्छ मैले राम्रो काम गरेर आमालाई सुख शान्ति दिन सकौँ भनेर पढ्दै, काम गर्दै छु । तर कामबाट आएको श्रमले खान, लाउन, बस्न धौ धौ भएकाले विदेश जाने सोच आएको छ । अर्की बालिका पनि घरको आर्थिक अवस्थाकै कारण काठमाडौँमा श्रम गर्दै छिन उनको विदेश जाने सोच त बनेको छैन नेपालमै बसेर काम पाइन्छ कि पाइन्न भन्ने चिन्ता छ । भोलीका दिनमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोण परिवर्तन होस् हामीले जस्तो सास्ती आउने पुस्ताले नपाउन भन्छन् ।
आठबर्ष देखि घरेलु श्रमिक बन्नुभएकी एक युवती सिविक्सको सहयोगमा कक्षा १२ मा काठमाडौँमा अध्ययन गर्दै हुनुहुन्छ । त्यस्तै अर्का बालक श्रमिक काम गर्न लागेको ७ वर्ष भयो । ६ कक्षा पढ्दादेखि बाल श्रमिककोको रूपमा काम गर्दै आएको र वेयटर लगायतको काम गर्दै व्याचलर तेस्रो वर्षमा अध्ययन गर्दै गरेको र आज युवा अवस्थामा पनि घरेलु श्रमिकका रूपमा काम गर्दै अध्ययन गरिरहेको बताउँछन् । उनलाई पनि सिविक्सको सहयोगमै अध्ययन गर्ने अवसर मिलेको र अहिले पनि सिविक्स नामक गैर सरकारी संस्थामा काम गर्दागर्दै एक मनकारी परिवारले घरको काम सघाउँदै पारिवारिक वातावरणमा पढाउँदै आएको छ ।
उनको आमाको देहावसान भएदेखि बाबुले हेला गरेर घरबाट निकालेको र घरेलु श्रमिकका रूपमा काम गर्दै ओखलढुङ्गाबाट काठमाडौँ आएको बताउँछन् । काठमाडौँमा धेरै हण्डा खाएपछि सिविक्सको सम्पर्कमा पुगी पढाईलाई निरन्तरता दिएको बताउँछन् । कतिपय अवस्थामा आफ्नो मान्छे नहुँदा हेपाई, चेपाई खेप्नु दैनिकी जस्तै भैसकेको बताउने युवा अहिले निकै सहज छ भन्छन् । होटेलमा वेटरको काम गर्दा खानाको स्वाद मिठो नहुँदा ग्राहकबाट र कुनै सामान बिग्रिँदा साहुबाट गाली खानुपर्थ्यो । त्यसपछि यस्तो काम छोडेर घरेलु श्रमिकको रूपमा काम गर्नथाले ।
पारिश्रमिकको सन्दर्भमा कुरा गर्दा आफू यस अघि सिनामंगलको एउटा आश्रममा काम गरेर बसेको थिए । हाल सोही आश्रमको संचालकले घरमै काम गर पडाइदिन्छु भन्नुभएकाले पढाईलाई सहज हुने भएकाले घरेलु कामदार स्वीकार काम गर्दै पढ्दछु । मैले पारिश्रमिक लिन्न युवा भन्छन् । उनी भन्छन्, मेरो आमाको मृत्युपछि बुबाले अत्यन्तै हेला गर्ने कुटपिट गर्ने गर्नुभयो, त्यसैले बाल श्रमिकको रूपमा काम गर्दै आएको छु । उनलाई सिविक्सले बाल अधिकारका विषयमा राम्रो ज्ञान दिएको बताउँछन् । सिविक्सबाट हामीले आफ्नो अधिकारका विषयमा कसरी लड्ने भन्ने ज्ञान प्राप्त गर्यो । शिक्षा, व्यवहारका बारेमा धेरै ज्ञान हासिल गरियो । नागरिकता लिने विषयमा बुबाले नदिने भन्नुभयो धेरै दुःख भयो । परिवारका अन्य सदस्यहरुले पनि किन चाहियो अहिले नागरिकता भन्थे । बाजे गाउँमा हुनुहुन्थ्यो । म हाल काममा बसेको घरबाट आवश्यक पैसा लिएर सिधै गाउँमा गएर बाजेसँग भेटे । बाजेलाई बुझाए उहाँले नागरिकता बनाईदिनुभयो र मैले काम गर्न, लोकसेवा लड्न, जागिर खान, खाता खोल्न पाउने भए ।
उनी हाल कंलकीमा आईटी पढ्दैछन् । बाल श्रमिकलाई हेप्नुको प्रमुख कारण भनेको उस्को पक्षमा सही र गलत के हो भनेर बोलिदिने मान्छे नहुनुनै रहेको उनको ठम्याइछ । मेरो मामु हुनुभएको भए मेरो छोरालाई किन यसो भनेको भन्नुहुन्थ्यो । मेरो मामु हुनुहुन्न म अरुको घरमा काम गर्न बसेको छु । उहाँहरुलाई यस्को कोही छैन भनेर पनि गाली गर्नुहुन्छ होला जस्तो मनमा लाग्थ्यो । अहिले बसेको घरमा भने त्यस्तो छैन परिवारको सदस्य सरहनै व्यवहार गर्नुहुन्छ । संघर्ष सबैको हुन्छ भनेर केही हुन्न एक दिन देखाउने समय आउँलानी ? म जस्ता धेरै बालबालिका बाल श्रमिक बन्न खुसीले नभै बाध्यताले आउँछन् । कतिका बाबुआमा अपाङ्ग तथा आर्थिक अवस्था कमजोर भएको र दाजुभाइ कुलतमा हुन्छन् । यस्तो अवस्थामा म आफै केही गरेर परिवारलाई सहयोग हुन्छ भनेर बाल श्रमिकका रूपमा काम गर्न बाध्य हुन्छन् ।
धेरै बाल श्रमिकहरू १४ वर्ष मुनीका छन् भने कति १८ वर्ष मुनिका पनि छन् । १८ वर्ष मुनिकालाई रेस्टुरेन्टमा काम गर्न नपाउने नियम छ तर काम गर्न बाध्यछन । रेस्टुरेन्टले रक्सी सर्भ गर्न लगाउँछन् । बाल श्रमिकलाई पानी, सुप, चिया, खाना हल्का सर्भ गर्न लगाउने नियम हुनुपर्छ ।घरमै काम गर्ने बाल श्रमिकहरूलाई पनि कुनै कुनै घरमा ७ तै दिन काम गर्नुपर्ने हुन्छ । यसो नगरी हप्तामा यति दिन काम गर्न पाउने भन्ने सरकारले नियम बनाउने र फलो अप पनि गर्नुपर्छ । बाल श्रमिकलाई काम लगाउन नपाउने ऐन छ त्यसले घरको बाध्यताले काम गर्नुपर्ने बाल श्रमिकलाई निकै समस्या परेको हुन्छ । त्यसैले बालकले गर्न सक्ने काम छुटाएर दिन तोकिनुपर्छ । हरेक वडामा प्रत्येक घरका सदस्यको स्वास्थ्य, शिक्षा, आर्थिक अवस्थाका बारेमा रेकर्ड हुनुपर्छ र कामको चाहना राख्दा रोक्न मिल्ने हो वा होइन वडाले छुट्ट्याउनुपर्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।