माधव अधिकारी
कावासोती । कावासोती नगरपालिकामा सम्पन्न पार्टि प्रवेश कार्यक्रममा नेकपा एमाले र राप्रपा बाट ४० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कावासोती नगरपालिका ५ को आयोजनामा पार्टि प्रवेश कार्यक्रम वडा कार्यालय परिशरमा आज सम्पन्न भएको हो । कार्यक्रममा सभापति दुर बहादुर गुरुङ्ग र प्रमुख अतिथि नवलपरासी क्षेत्र नं. २ का सभापति दुर बहादुर राना रहनुभएको थियो । त्यस्तै विशेष अतिथिमा भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष कर्नेल धन बहादुर मास्की राना, कांग्रेस जील्ला सदस्य दुर्गा प्रसाद अधिकारी, कावासोती नगर सभापति मुकुन्द भट्टराइ, कावासोती नगर सचिव श्याम वास्ताकोटी लगायत रहनुभएको थियो । कार्यक्रममा एमालेका पुर्व वडा सदस्य कृष्ण कुमाल, चित्र बहादुर थापा, इन्द्र बहादुर राइ मगर, जनक कुमाल, स्मीत सुवेदी, राप्रपाका शुक्र बाँनिया, महेश गिरि लगायत ४० जनाले पार्टि परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना ले आर्थिक तथा सामाजिक रुपान्तरणका निमित्त नेपाली काँग्रेसको अपरिहार्यता रहेको बताउनुभएको छ । राष्टियता, प्रजातन्त्र र समाजवादका निमित्त कहिल्यै विचलित नभइकन आफ्नो सिद्धान्तमा अडिक रहने पार्टि रहेको बताउदै उहाँले पार्टि प्रवेश गर्नेहरुलाई शुभकामना दिनुको साथै कसैको धमकीबाट नडराउन समेत आग्रह गर्नुभएको छ । कार्यक्रम विहान ९ बजेबाट सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव विकास थापाले गर्नुभएको थियो ।