काठमाडौं ।
सिन्धु विकास बैकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले शुक्रबार केन्द्रिय कार्यालयमा आयोजित एक समारोहबिच पदभार सम्हालेका छन्। बैकको संचालक समितिले देवकोटालाई चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
बैकमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै देवकोटाले संस्थागत सुशासन र नियमाकिय अनुपालना आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई एक सवल, सक्षम र उदारणीय बैंक बनाउने योजना रहेको पनि बताए ।
करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैकिङ्ग करियर बि.सं. २०६२ सालमा नेपाल बैंकबाट लिमिटेडबाट सुरु गरि लामो समय नेपाल बङ्गलादेश बैकमा बिताएका थिए । देवकोटाले नेपाल बङ्गलादेश बैकमा रहदा प्रमुख वित्त अधिकृत, प्रमुख संचालन अधिकृत, प्रमुख जोखिम अधिकृत लगायतका कार्यकारी पदहरुमा रहि आफूलाई अब्बल साबित गरेका थिए । तत्कालिन नेपाल बङ्गलादेश बैक नबिल बैकमा गाभिए पश्चात देवकोटाले नबिल बैकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । देवकोटाले नबिल बैकको सहायक कम्पनी नबिल स्टक डिलर स्थापनामा महत्वपुर्ण भुमिका खेल्दै करिब एक वर्ष उक्त संस्थाको कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेका थिए ।
ब्यबसायिकरुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए । देवकोटाले नेपाल ग्रामीण विकास बैक, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि कार्य गरिसकेका छन् । बैकिङ्ग, वित्तिय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैक संचालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबि पनि गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।