
मुगु।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट मुगु जिल्लाका तीनजना कृषकहरु पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार हरेक वर्ष जिल्लामा उत्कृष्ट कृषि व्यवासय गर्दै आएका कृषकहरु मध्यबाट छनौट गरी उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने गरिँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा आयोजित कार्यक्रममा छनौटमा परेका उत्कृष्ट कृषकहरुलाई नगदसहित प्रशंसा पत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।
आर्थिक बर्ष २०८१।०८२को बार्षिक स्वीकृत कार्यक्रम अनुसार मन्त्रलयको नीति नियम भित्र रहेर तरकारी खेती बाट मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ का बृख बहादुर भाम प्रथम दोस्रोमा छाँयानाथ रारा नगरपालिका वडा न ३ निगाले गाउँका नैलासिंह खड्का रहेका छन भने सोही नगरपालिका वडा नम्बर ६ लिउडी गाँउका मह कृषक रुप बहादुर सेजुवाल तृतीय भएका छन । प्रथम ,दोस्रो र तृतीय हुने कृषकहरुलाई क्रमस ३०हजार,२५ हजार ,२० हजार नगद पुरस्कार ,दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको जिल्ला कृषि बिकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।
पुरस्कृत हुने कृषकहरुलाई नगद पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले आगामी दिनमा पनि थप ब्यवसायिक रुपमा कृषि पेशामा लागि देश मै केही गर्न सकिन्छ भन्ने देखाउन कृषकहरुलाइ सुझाव दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।