
काठमाडौं।
सशस्त्र प्रहरीले काभ्रेको बनेपाबाट करिब पाँच किलो पोलाइण्ड नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
काभ्रेको बनेपा-८ स्थित बसपार्क क्षेत्रबाट मंगलबार धुलिखेल नगरपालिका-६ का २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका-४ का ३० वर्षीय श्रीकृष्ण सत्याललाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट पक्राउ गरेको उनले बताए।
प्रहीले उनीहरूले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। नियन्त्रणमा लिइएका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ।
यसअघि सशस्त्र प्रहरी बलले चैत १४ गते काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट ७ किलोग्राम तथा फागुन १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीस्थित नयाँबस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पाँच किलोग्राम पोलाइण्ड नामक लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।