
उदयपुर ।
शनिवार बिहान १० बजेतिर परेको वर्षाले गर्दा उदयपुरको मैनामैनीबाट भोजपुर जाने सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक केदारमान दोङले दिएको जानकारी अनुसार उदयपुरको बेलाका नगरपालिका वडा नं ८ स्थित भोजपुर जाने सडकमा पर्ने कोठू खोलामा बाढी आएपछि र पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
उदयपुरको मैनामैनी क्षेत्रबाट सो नदी पार गरेर भोजपुर जाने सडक निर्माण भएकोले वर्षाका कारण खोलामा बाडी आएको र माथिबाट पहिरो झरेको कारण सडक अवरुद्ध भएको र स्थानीय तथा प्रहरीको सहयोगमा अवरुद्ध सडकको माटो पन्छाउने काम भएको र खोलामा पानीको बहाव घटेपछि यातायात संचालन भएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दोङले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।