
काठमाडौं ।
संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ः३० बजेवाट बोलाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।