
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वीकय सचिव भुपदेव साहले अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देशन दिने कामले हद नाघेको छ । मेयर साहका हर्ताकर्ता बनेका स्वकीय सचिव साहले कानुन विभागमा तोक लगाएर आवश्यक कार्यान्वयन गर्न विभागीय प्रमुखलाई आदेश दिनुभएको छ ।
शाहले करिब १३ महिनाअघि कानुन विभाग प्रमुखको नाममा ‘आवश्यक कार्यान्वयन’ गर्न हस्ताक्षरसहितको निर्देशन दिनुभएको हो । उच्चस्रोतका अनुसार कामपा १६ नम्बर वडाको घरटहरा भत्काउन विभागमा दिएको निवेदन उल्ट्याउँदै घरटहरा भत्काउने कार्य स्थगित गर्न निर्देशन दिएको पत्रमा तोक लगाएको फेला परेको छ ।
सो पत्रको विस्तृत विवरण आउन बाँकी छ । आफ्नो हैसियत बिर्सेर कानुन विभागलाई तोकआदेश दिने स्वकीयसचिव शाहलाई कारबाही गर्न दबाब बढेको छ । हुँदाहुँदा कानुनविभाग प्रमुखलाई तोक आदेश गर्ने शाहलाई स्वकीय सचिवबाट हटाउनुपर्ने माग अघि बढेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।