नुवाकोट, (नेस)
असार १० गते बजेट नल्याए आगामि आर्थिक बर्ष कुनैपनि स्थानिय तहले काम गर्न नपाउने भएको छन ।
स्थानिय तहमा बित्तिय हस्तान्तरण र प्राकृतिक श्रोत तथा बित्त आयोगको भुमिका बिषय अन्तक्रिया कार्यक्रममा आयोगका उप सचिब नबराज घिमिरेले असार १० गते भित्र सबै स्थानिय तहले पुरक बजेट जसरी पनि ल्याउनुपर्ने बताउनुभयो । संबिधानको बाध्यकारी नियमानुसार असािर १० गते बजेट नल्याउने स्थानिय तहमा कुनै पनी योजना सञ्चालन नहुने घिमिरेको भनाई रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नदीजवन्य सामाग्रीहरु निकासीबापत उठाईएको कर समितिको कोषमा नै रहेको भन्दै संबिधान अनुसार खर्च गर्नका लागी कार्यबिधि नभएकोले कोषमा नै रहेको बताउनुभयो । तामाङले हालसम्म कोषमा जम्मा करीब १३ करोड रुपैयाँ संचित रहेको जानकारी दिनुभयो ।
यसैबिच नुवाकोटमा रहेका १२ वटै, स्थानिय तहलाई केन्द्रिय तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँड अन्र्तगत ३ करोड रुपैयाँ बजेट थप हुने बताईएको छ । मासिक रुपमा किस्ता किस्ताको रुपमा एक आर्थिक बर्षसम्म ३ करोड रुपैयाँका दरले सबै स्थानिय तहलाई राजस्वको रकम आउने कार्यक्रममा जानकारी गराइएको थियो । साथै, सम्बन्धित स्थानिय तहको बजेटमा समपुरक बजेटमा समेत रकम थप हुने छ ।
परियोजना सञ्चालनका लागि संघिय सरकारलाई उपयुक्त लागेमा थप रकम समेत बिनियोजन हुने आयोगका उप सचिब घिमिरेले बताए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार स्थानिय तहले कर निर्धारण गरि उठाउन समेत जानकारी दिइएको छ । स्थानिय तहले संबिधानले दिएको अधिकारको उपयोग गर्दे सम्पती कर, घर बहाल कर, भुमि कर र ब्यबसाय कर उठाउन सक्ने छ ।
साथै, सेवा शुल्क दस्तुर, पर्यटक शुल्क र दण्ड जरिवाना लिन सक्ने प्राबधान रहेको छ । यस बाहेक अन्य करहरु प्रदेश सरकारले उठाउने छ । प्रदेश सरकार र संघिय सरकारले उठाएको करमा स्थानिय तहको कोषमा ६० प्रतिशत र प्रदेश सरकारको बजेटमा ४० प्रतिशत रहने बतार्यएको छ । बित्त हस्तान्तरण सम्बन्धि संबिधानमा उल्लेख भएका नियमानुसार मात्रै कर उठाउन पाउने प्राबधान रहेको छ । यसका अलवा अन्य शिर्षकमा कर उठाएमा सम्बन्धित स्थानिय तहलार्य कारबाहि हुने उल्लेख छ ।
कार्यक्रममा सहभागीहरुले कर ब्यबस्थापन तथा आन्तरिक आय ब्यबस्थापनको बिषयमा जानकारी लिएका थिए । नुवाकोटमा रहेका १२ वटै स्थानिय तहका प्रमुख एवं प्रतिनिधिभहरुको सहभागीता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।