सुख्खा छाला भएकालाई जाडोमा यो समस्याले झन् बढि सताउँछ। चिल्लो छाला हुनेलाई पनि नुहाएपछि छाला फुस्रो हुने खतरा निम्तिन सक्छ। त्यसो भए जाडोमा छाला फुस्रो हुनबाट कसरी जोगिने? कस्ता कुरामा ध्यान दिन सके छालाको कोमलता त चिल्लोपन कायम राख्न सकिएला ? महिला र पुरुष दुवैलाई उपयोगी हुने चार आइटमबारे ब्युटिसियन एलिसा लेप्चाले जानकारी दिएकी छिन।
हनी प्याक: जाडोमा छालाका लागि हनी प्याक निकै उत्तम हुन्छ। मह छालाका लागि निकै नै उपयोगी चिज हो। मह र दहिको प्याक बनाएर लगाउदा जाडोको छालालाई फाइदा गर्छ। प्याक लगाएर सुकेपछि नुहाउनाले छाला रुखो हुन दिदैन।
नुहाउनु अघि अर्थात हप्तामा दुइ-तीनपटक हानी प्याक प्रयोग गर्नु लाभदायी हुन्छ। तर, छाला धेरै नै ओयली छ र धेरै फुस्रो हुदैन भने हनी प्याक नलगाउदा नै हुन्छ। यस्तो छालालाइ नुहाएपछि हल्का मोस्चराइजर गरे पुग्छ।
बदामको तेल: जाडोमा निम्तिने छालाको फुस्रोपनबाट टाढै रहन छालामा तेल आवश्यक पर्छ। तर, जुन पायो त्यहि तेल सकेसम्म प्रयोग नगर्नुहोला। बदामको तेल उपयुक्त हुन्छ। विकल्पमा जैतुनको तेल वा अलिभ ओयल लगाउन पनि सक्नुहुन्छ। तेलको केहि थोपा पानुमा मिसाएर नुहाउन पनि सक्नुहुन्छ वा नुहाउनुअघि शरीरमा घस्न सक्नुहुन्छ।
घ्युकुमारी र निम: जाडोमा नुहाउँदा प्रयोग गरिने साबुनले पनि छालालाई थप फुस्रो बनाउन भूमिका खेल्छ। छालामा सकेसम्म साबुन प्रयोग नगर्नु नै राम्रो हुन्छ। अझ बास्नादार साबुन त रोज्दै नरोज्नुहोस। यस्ता साबुनमा केमिकल हुने भएकाले छाला फुस्रो बनाउन भूमिका खेल्छ। छाला फुस्रो हुन नदिन घ्युकुमारी या निम उपयुक्त हुन्छ। यिनलाई प्याकको रुपमा प्रयोग गर्न सक्नुहुन्छ। नुहाउदा साबुन प्रयोग गर्ने नै भए पनि घ्युकुमारी र निम रोज्नुहोला।
मोस्चराइजर: छाला फुस्रो हुन नदिन मोस्चराइजर आवश्यक पर्छ। कपडाले नढाकिने तथा अनुहारको छालामा त दैनिक मोस्चराइजर गर्नैपर्छ। कपडाले ढाकिने शरीरको पुरै छालामा हप्तामा दुइ-तीनपटक मोस्चराइजर गर्नु जरुरत हुन्छ। हरेकपटक नुहाएपछि मोस्चराइजर हर्न अल्छी गर्नुभयो भने छाला फुस्रो हुने जोखिममा पर्नुहुन्छ। शरीरमा फुस्रोपन देखिनेबित्तिकै जुनकुनै बेला पनि मोस्चराइजर प्रयोग गर्नुहोस।
माया आचार्य
ब्युटिसियन, कपिलवस्तु