सम्बाददाता ,
दाङ१२ भदौ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु एक अर्व १७ करोड ६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । पुँजिगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अरब ८ करोड ६५ लाख ३४ हजार ५ सय ६ र चालु खर्च अन्तर्गत तलव, भत्ता, कार्यालय सञ्चालनका लागि रु ९ करोड ८१ लाख ६१ हजार ८ सय ८२ गरेर कुल १ अरव १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रुपैयाको वजेट उपप्रमुख माया आचार्यले कार्यपालिका वैठकमा प्रस्तुत गरेकी थिइन् । कुल वजेटको १०प्रतीशत भन्दा कम रकम प्रशासनिक खर्च तर्फ र ९०प्रतिशत भन्दा वढि रकम पुजीगत विकास सामाजीक सुरक्षा ,र समविकास तर्फ रहेको छ । ९करोड ८१लाख ३१हजार प्रशासनिक खर्चमा रहेको छ भने १अर्व ८करोड ६५लाख ३४हजार वढि रकम पुजीगत विकाससहित अन्यसिर्सकमा रहेको छ । विकास वजेटको ठुलो रासी शिक्षा तर्फ २२करोड रहेको तुलसीपुर उपमहानगरले जनाएको छ । नगरमा दक्षजनशक्ति उत्पादनका लागि नगरक्षेत्रमा रहेका जुनकुनै मध्य प्राविधिक शिक्षालय तर्फ जाने विद्यालय लाई ९लाख रुपियाँ सम्म अनुदानको व्यवस्था गर्ने गरी वजेट ल्याउन लागिएको छ । आर्थिक वर्ष ०७३÷०७४मा ३२करोड वजेट ल्याएको तुलसीपुर उपमहानगरले आर्थिक वर्ष ०७४÷०७५का लागि त्यो भन्दा भन्दा ४गुणा ठुलो वजेट ल्याउने भएको हो । उपमहानगरपालिकाले प्रत्येक वडामा रु १ करोड, बाढी प्रभाबित क्षेत्रमा रु ३ करोड बसपार्कलाई यो आर्थिक बर्ष भित्र सञ्चालन गर्न ९ करोड बजेट बिनियोजनगरीएको छ । नगरक्षेत्रका सवै स्वास्थ्य केन्द्रमा एम्वुलेन्स सञ्चालनका साथै दुईवटा सववाहन समेत सञ्चालन गर्ने गरि वजेटको व्यवस्थापन गरिएको छ । कम्तीमा ८वटा एम्वुलेन्स र दुईवटा सववाहन सञ्चालन गरिने छ । एम्वुलेन्समा जेष्ठ नागरीक तथा अपांग परिवारलाई विशेष छुटको समेत व्यवस्था गरिने छ । विपन्न समुदायकको घरमा टिनलगाउन सहयोग देखि मातृशिशु मृत्युदर न्युनिकरणका लागि सुत्केरी भत्ता समेतको व्यवस्थागरिएको सार्वजनिक गरिएको निति तथा कार्यक्रममा समावेस गरीएको छ । नेपाल सरकारले दिदैआएको प्रसुति सेवा भत्तामा ४हजार १सय थप गरि सुत्केरी भत्तालाई ५हजार पुर्याएको र वाढिप्रभावित क्षेत्र तथा विपन्न वस्तीमा सुरक्षित आवासको समेत वजेटले व्यवस्था गरेको नगर प्रमुख घनस्याम पाण्डेले वताए ।
नगरको फोहर व्यवस्थापन , नयाँवसपार्क स्तरउन्नतीको कामलाई उच्चप्राथमिक्तामा राखिएको र प्रत्यक वडामा आईटि सेवा सञ्चालन देखि अव्यवस्थीत सवारी पार्किङलाई व्यवस्थापन गर्न रोटरी पार्किङ सम्मको संभाव्यता अध्ययन सम्मका लागि २५ लाख बजेट विनियोजन गरीएको छ । त्यसैगरी यस क्षेत्रका सामुदायिक बन, पारिवारीक बन धार्मीक वनहरुमा दिगो व्यवस्थापन गरि बन उद्यम विकाश र हरित रोजगारी सृजन ागर्न ५० लाख बजेट विनियोजन गरिएको छ । तुलसीपुरमा गौशाला, गुरुकुल र जडिवुटि उद्यान स्थापना गर्न ५० लाख वजेट विनोजित गरीएको छ । त्यसैगरी खानेपानीका लागि ६० लाख, तुलसीपुरको विमान स्थल सञ्चालन र इन्धन डिपो निर्माणका लागि ५० लाख र यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि र सेवा विस्तारका लागि एक करोड रुपैया विनोजिन गरिएको छ । त्यसैगरी नगर सभाले कृषि आधुनिकरणका कालागि दुई करोड रकम र चक्रपथ निमार्ण प्रकृया अगाडि बढाउन एक करोड रकम विनियोजन गरीएको छ । खेलक्षेत्रको विकासका लागि एक वडा एक खेलमैदानका साथै प्रत्यक वर्ष मेयर कप खेल प्रतियोगिता सञ्चालन गरिने उनले वताए ।
उपमहानगरका मेयर घनश्याम पाण्डेले वजेटको प्राथमिक्तामा शिक्षा स्वास्थ्य कृषि र खेलकुदका साथै वाढि प्रभावितहरुको सुरक्षित पुनरवास सम्मलाई प्राथमिक्तामा राखिएको जानकारी दिए । वाढिप्रभावित क्षेत्रमा सुरक्षित आवासका लागि नेपालसरकार संग १अर्ववजेट माग गरिएको उनले वताए ।
नगर प्रमुख घनश्याम पाण्डेले गत आर्थिक वर्षमा भन्दा यो वर्षको वजेट चारगुणा वढि रहेको वताउनुभयो । प्रशासनिक खर्च २५ प्रतिशत भन्दा वढि राख्न सकिने प्रावधान भएपनि १० प्रतिशत भन्दा कम रहेकाले विकासतर्फ धेरै वजेट परेको पनि पाण्डेले जानकारी दिए । विनियोजन भएको वजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै वाढीपिडितका समस्या दीर्घकालिन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।