पाठेघर महिलाको प्रजनन सम्बन्धित एक प्रमुख अङ्ग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । पिसाब थैली यसको ठीक अगाडि र मलद्वार यसको पछाडि रहेको हुन्छ । यो नासपाती आकारको हुन्छ । फ्यालोपिओन ट्युब तथा मांसपेशी तत्वले दुवैतिरबाट यसलाई अड्याइराख्न मद्दत पु¥याएको हुन्छ ।
पाठेघरलाई तीन भागमा बाँड्न सकिन्छ
फन्डुस – सबभन्दा माथिको फराकिलो भाग
इस्थ्मस – बीचको साँघुरो घाँटीजस्तो भाग
सर्भिक्स – पाठेघरको मुख जुन तल योनीद्वारमा खुल्छ
यी महिलामा यो क्यान्सर हुने बढी सम्भावना हुन्छ
- कलिलै उमेरमा विवाह तथा यौन सम्पर्कमा संलग्न हुने
- बढी पुरुषसँग यौन सम्पर्क भएका
- बढी सन्तान जन्माएका
- जाँड, रक्सी, चुरोट, खैनी खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका
- एचआइभीइ भाइरसको सङ्क्रमण भएका
- पाठेघर अथवा यौनसम्बन्धी बराबर सङ्क्रमण भइरहने
क्यान्सरका लक्षणहरु
- सुरुको अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ, तर रोग बढेको खण्डमा निम्न लक्षण देखापर्न सक्छन्ः
- योनीबाट फोहर पानी बग्नु
- यौनसम्पर्कपछि रगत देखिनु
- महिनावारीको बीचबीचमा रगत देखिनु
- महिनावारी बन्द भैसकेको अवस्थामा पनि रगत देखापर्नु
- तल्लो पेट दुख्नु
- क्यान्सर फैलिसकेको अवस्थामा दिसापिसाब गर्दा अप्ठ्यारो हुनु
- धेरै फैलिएको अवस्थामा भने खुट्टा सुनिने, ढाड तथा कम्मर दुख्ने र दिसापिसाबमा समस्या देखिनु
निदानका तरिकाहरु
- यो नजिकको स्थास्थ्य केन्द्र अस्पतालहरुमा अथवा स्त्री रोग विशेषज्ञद्वारा गर्न सकिन्छ ।
- यो जाँच गर्दा दुख्दैन ।
- जाँचिएको अवस्थामा बेहोस गर्नुपर्र्दैन ।
- पाँच देखि १० मिनेटमा गर्न सकिन्छ ।
- तुरुन्त घर फर्किनसकिन्छ ।
- धेरै महंँगो छैन ।
- प्याप स्मेयर गर्नुभन्दा पहिले निम्न कुराप्रति ध्यान दिनुपर्छ –
- दुई दिन अगाडिदेखि यौन सम्पर्क गरेको हुनुहुँदैन ।
- मलम अथवा डुस प्रयोग गर्नुहँुदैन ।
- यो महिनावारी भएको बेला गर्न मिल्दैन ।
- सकेसम्म एक हप्तादेखि एन्टिबायोटिक खाएको हुनुहुँदैन ।