बुटवल , जेठ १६ । विभिन्न धारमा विभाजन भएर कमजोर भएको माओवादी पुन एकताबद्ध हुन थालेको छ । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सन्तोषजनक मत नआएपछि माओवादी शक्तिहरु बिच एकताको लागि कार्यकर्ताहरुबाट चर्को दबाब परेको थियो । बुटवलमा सोमवार पत्रकार सम्मेलन गरी ८४ जना विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य नरेन्द्र दर्जि सहित ८४ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन ।
त्यसैगरी मुस्लिम मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष हाजी जमाल मिया , जिल्ला सल्लाहकारहरु मनि उल्लाह, अहमल अलि मिया लगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्य, पोलिटव्युरो सदस्यहरु दधिराम न्यौपाने, निमानन्द गैर लगायतले पार्टी प्रवेश गराएका हुन ।
सुकुम्वासी नेता समेत रहेका दर्जिले नेकपाले जहिले पनि वहिस्कारको निति ल्याएकाले पार्टी परित्याग गरेको बताउनु भयो । त्यसैगरी तिलोत्तमा नगरपालिका १३ र १४ मा एमाले कांग्रेसका गरी १ सय ५० जना नेता कार्यकर्ता माअोवादीमा प्रवेश गरेका छन ।उता नया शक्ति नेपालका केन्द्रिय परिषद सदस्य माधव प्रसाद श्रेष्ठ, नेपाल समाजवादी यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष डम्वर वुढाथोकी, केन्द्रिय सदस्य डम्वर प्रसाद खतिवडा, नेपाल समाजवादी ट्ेड युनियन महासंघका जिलला सचिव सन्तोष एस के पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनिहरुले संयुक्त विज्ञप्ती निकालेर नया शक्तिले माक्सवाद लेनिनवाद माओवाद विचारवाट विचलित भएकाले माओवादी आन्दोलनवाट प्राप्त उपलव्धीलाई समेत नजर अन्दाज गरेकाले पार्टी परित्याग गरेको जनाएका छन ।