बुटवल १६ जेठ । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नं ५ को वडा कार्यालय सोमवार उद्घाटन गरिएको छ । सोमबार वडा कार्यालयको एक कार्यक्रम विच माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यले उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा उहाले माओवादी जनताको पार्टी भएकाले स्थानिय निर्वाचनमा माओावदी केन्द्रका उम्मेदवारालाई जनताले भारी मतले विजयी गराउने बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष सहितका उम्मेदवार सार्वजनिक गरिएको थियो । अध्यक्ष पदको उम्मेदवारमा विकास प्रेमी युवा नेता समशेर मिया, र सदस्य पदको उम्मेदवारमा ज्योद्दिन मिया, फरिदा खातुन, नरेन्द्र दर्जि, लक्ष्मी परियार रहेका छन ।
अध्यक्ष पदका उम्मेदवार मियाले आफ्नो प्रतिवद्धता मन्तव्यमा वडामा आफूहरुले जित हासिल गर्ने बताउनु भयो । कार्यक्रममा पोलिटव्युरो सदस्य दधिराम न्यौपाने, नगर इन्चार्ज निर्मल जिसी, नगर अध्यक्ष सुदिप न्यौपाने, वडा इन्चार्ज हाजी शंशोद्धिन मिया सचिव हाजी रहमद अलि लगायतले सम्वाधोन गर्नु भएको थियो ।