टंक सुनार
रुपन्देही,जेठ २० । नेकपा माओवादी केन्द्रको साहायक संगठन वाइसिएल देवदह नगरपालिका वार्ड नम्बर ७ को वार्ड सम्मेलन सम्पन्न भएको छ । शनिबार रुपन्देहीको देवदह खैरेनीमा भएको वार्ड सम्मेलनले रोहीत वाग्लेको अध्यक्षतामा ३५ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा तारा सुनार र रोसा सुनार चयन भएका छन । सचिवमा आक्रोस देवकोटा, सहसचिवमा करण फुल्लेल क्षेत्री रहेको वाइसिएल देवदहले जानकारी दिएको छ । सदस्यहरुमा आवेश देवकोटा,गणेश काफ्ले, शन्दिप काफ्ले, तिलक अधिकारी, युवराज गैरे, दिपक न्यौपाने, भिम कुमाल लगाएत रहेका छन ।
उक्त अवशमा बोल्दै माओवादी रुपन्देही इन्चार्ज हकिकुल्लाहा खाँले माओवादीको एजेण्डा पुरा हुने क्रममा रहेको बताउनु भयो । उहाले माओवादीले भन्ने गरेको जनसरकार गठनको प्रक्रिया सुरु भएकाले जनसरकारको नेत्रित्व पनि माओवादीले नै गर्नु पर्ने बताउनु भयो । माओवादी सधैँ युवाहरुको पक्षामा रहेको बताउँदै नेता खाँले एमालेले सञ्चालित उद्योग बन्द गरेर नेपाललाई बृद्धाआश्रम बनाउन खोजेको आरोप लगाउनु भयो । कार्यक्रम वाईसिएल देवदहका सल्लाहाकार अनिल खरेलको अध्यक्षता, माओवादी रुपन्देही इन्चार्ज हकिकुल्लाहा खाँको प्रमुख आतिथ्यता र वाईसिएल देवदह अध्यक्ष प्रशान्त गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।