कावासोती ।।
कावासोति नगरपालिका स्तरीय नगर दलित समन्वय समीतीको आयोजनामा व्यवसायीक आर्गनिक कृषी तथा पशुपालन सम्बन्धी सात दिने तालिम आज एक कार्यक्रमका विच समापन भएको छ ।
दलित विकास समीतिको राष्ट्रिय उपाध्यक्ष मुतm बहादुर महतेको प्रमुख आतिथ्यतामा भएको कार्यममा विशेष अतिथीमा पुर्व सभापति सन्तोष कोइराला, पशु प्राविधिक बुद्धि देउजा, लगाएत विभिन्न संघ सस्थाका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी मुतm बाहादुर महतेले दलित समुदाय अर्थिक क्षेत्रमा पछाडि रहेकोले कृषी क्षेत्रलाइ आधुनिकीकरण गर्दै व्यवसायीक रुपमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा कावासोति नगरपालिका स्तरीय नगर दलित समन्वय समीतीको उपाध्यक्ष खेम बाहादुर सुनारको स्वागत मन्तव्य रहेको थियो भने ६७ जना प्रशिक्षार्थीहरुलाइ अर्गानिक मल, भिटामीन, धानको विउ तथा विभिन्न प्रकारका तरकारीको विउ समेत वितरण गरीएको थियो ।
कावासोति नगरपालिका स्तरीय नगर दलित समन्वय समीतीका अध्यक्ष राजेश सुनामको अध्यक्षतामा भएको समापन कार्यक्रमको सचालन सचिव राजन गहतराजले गर्नुभएको थियो ।