सरकारी लक्ष्य समृद्धि, समृद्धिको बाधक दुर्व्यसनी !
मानदत्त रावल जुम्ला | ०२ घन्टा अगाडि
विकास र समृद्धिकाे अपेक्षा गरिरहदा पहिला व्यक्ति, समुदाय तथा गाउँकाे स्तरमा बृद्धि हुनु अपरिहार्य आवश्यकता छ । जहाँ शिक्षा, रोजगारी, उद्यमशिलता तथा मेलमिलाप छैन् त्यहाँ समृद्धिको परिकल्पना गर्न सकिदैन । राष्ट्रले जसलाई समाज समृद्धिको मुल खम्बा मानेकाे छ तिनै युवा जनशक्ति स्वदेशमै उद्यमशिल बन्न नसक्दा लाखौँको संख्यामा विदेशिन बाध्य छन् । वर्तमान सरकार विकास र समृद्धिलार्इ प्रमुख मुद्दा बनाएर अघि बढिरहेकाे जनाएकाे छ ।
युवा जनशक्तिकाे पलायन राेक्नका लागि सरकारी स्तरबाट कुनै प्रकारकाे ठाेस याेजना तथा कार्यक्रम अाउन सकेकाे छैन । भाैतारिएर हिँडिरहेका हजाराैँ शिक्षित युवाशक्तिहरुकाे पंक्ति विरक्तिएर लागुपर्दाथ दुर्व्यसनीकाे चंगुलमा फस्न थालेका छ ।
सडकको विस्तार, उद्यमशिलताको अभाव, शिक्षा/चेतनाको अभाव तथा परिवारको प्रत्यक्ष निगरानी नहुनु लगायत प्रमुख कारणहरूले कर्णालीका सयौँ युवाहरु लागु औषधको दुर्व्यसनीमा फस्ने गरेकाे पाइएकाे छ । कर्णाली क्षेत्रका राजमार्ग अासपासका क्षेत्रहरूमा लागु औषधको व्यापार बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
४६ जना प्रहरी नियन्त्रणमा
लागुपर्दाथ दुर्व्यसनीमा फसेका तथा किनमेलमा सम्लग्न रहेका जुम्लाका ४६ जना युवायुवतीहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ । निरन्तरकाे खाेज तथा अनुसन्धानबाट उनीहरूलार्इ नियन्त्रणमा लिएर थप कारबाही अगाडि बढाइरहेकाे प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले बताए ।
उनका अनुसार ११ जना युवती, ३५ जना युवा पक्राउ परेका छन् । छोटो समयमै ४६ जना युवायुवति समातिनुको अनुपातले जुम्लामा लागुऔषधकाे कुलतमा फसिरहेकाे हुनसक्ने डिएसपी डा. दाहालकाे अाशंका छ ।
‘म आएदेखि यस विषयलाई गम्भिरतापूर्वक लिएर अभियान नै चलाएर हेरिरहेकाे छु । अझै लुकिछिपी प्रयोग गर्नेकाे संख्या केही भए नपि अहिले खुलेआम बजारका पेटीमा लागु औषध खाने, किनबेच गर्ने अवस्थामा सुधार आएको छ ।’ डिएसपी दाहालले भने-‘अनुसन्धान अझै जारी छ, प्रहरी एक्लैले गरेर मात्रै पनि सम्भव छैन । त्यसैले सबैकाे साथ र सहयोगको खाँचो छ ।’ प्रहरीकाे नियन्त्रणमा रहेका ४६ जनालाई कानुनअनुसार सजाय हुने उनले बताए ।
मेडिकलमा खुलेआम लागु पदार्थ किनबेच
जुम्लाका नीजि औषधि पसलहरुबाट लुकाइछिपाइ लागु पर्दाथ खरिदबिक्रि हुने पाइएकाे छ । केहि युवाकाे समूहले बाहिरी जिल्लाबाट निर्यात गर्ने गरेकाे भए पनि जिल्ला भित्रैका केहि मेडिकलहरुले लुकाइछिपाइ लागुपदार्थ बेच्ने गरेकाे पाइएकाे डिएसपी दाहालले बताए ।
उनकाअनुसार लागु औषध ऐन २०३३ अनुसार उत्पादन तथा किनबेच गर्न नपाइने व्यवस्था भए पनि जुम्लामा उद्यमशिलताको अभावले युवाजनशक्ति पछिल्लो समय लागु औषधको दुर्व्यसनीमा फसिरहेकाे अनुसन्धानमा देखिको छ ।
केही मेडिकलहरुले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगर जस्ता प्राण घातक लागु पर्दाथ बेच्ने गरेको भए पनि यथेष्ट तथ्य-प्रमाण नभेटिएकाे प्रहरीको भनाइ छ । मेडिकल सञ्चालक तथा लागुपर्दाथ प्रयोगकर्ताबीच मिलोमताे हुँदा अनुसन्धानमा समस्या भइरहेकाे उनले बताए ।
युवा उद्यमशिलताका योजना के ?
रोजगार, उद्यमशिलताको कमिले जुम्लाका सयौँ युवा कुलतमा फसेका छन् । प्रत्यक्ष रुपमा युवा शसक्तिकरणका क्षेत्रमा काम गर्ने जिल्ला युवा समितिका अध्यक्ष दीपेन्द्र हमालका अनुसार जुम्लामा रहेका ४२ हजार बढी युवाहरु मध्ये अधिकांश विदेशमा छन् । बाँकी राेजगारकाे खाेजीमा गाउँघरतिरै भाैतारिरहेका छन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।