सरिता चलाउने, सल्यान
लामो समय सम्म पानीको समस्या रहदै आईरहेको जिल्ला प्रहरी कार्यलय सल्यानमा खानेपानी टंकी निर्माण भएपछि सहज भएको छ । खानेपानी तथा सरसफाईको लागि पानीको चरम अभाव भोग्दै आएको कार्यालयमा आकासे पानी संकलन गर्न २० हजार लीटर क्षमता भएको टंकी निर्माण भएपछि प्रहरीहरुलाई सहज भएको हो ।
खानेपानी सरसफाई डिभिजन कार्यालयको आकासे पानी पुर्ण भरण आयोजना अन्तर्गत ४ लाख ३ हजार अनुदानमा टंकी निर्माण गरिएको छ । सदरमुकाममा प्रत्येक घर घरमा खानेपानीको घारा भएपनि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई पानीको समस्याले गर्दा खानपिन तथा दैनिक सरसफाईमा धेरै समस्या भएपछि खानेपानी डिभिजन कार्यालय सल्यानले आकासे पानी संकलन गर्न ट्यांकी निर्माणको लागि अनुदान दिएको थियो ।
विगतमा पानीको समस्यावाट प्रहरी कर्मचारीहरु ज्यादै कठिनाई भोग्नु परेको समस्याले गर्दा सरसफाई गर्न अधिक समय खर्च हुने अवस्था हटेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक भरत विकले वताउनु भयो ।
पानीको अभावमा सदरमुकाम खलंगामा प्रहरीहरु वस्न नमान्ने गरेको समेत उहाँले बताउनु भयो । यहाँ पानीको अभावले गर्दा कोही वस्न रुचाउदैना थिए । सवै गाउँ रोज्ने गरेका थिए अव थोरै भएपनि राहत भएको छ । नियमित धारामा आउने पानी थोरै आउने र आवश्यकता धेरै भएकाले टंकी निर्माण गरिएकाले यस राहत महशुस भएको प्रमुख बिकले बताउनुभयो ।
यहाँ रहेका प्रहरी जनशक्तिलाई नियमित रुपमा धारामा आउने पानीले मात्र नपुग्ने भए पछि वर्षातको पानी संकलन गरी उपयोग ट्याङ्गकी निर्माण गरिएको हो । ट्याङ्की २० हजार लिटर पानी अट्ने क्षमताको रहेको छ भने ३ वटा धारा जडान गरिएको छ । योजना सम्पन्न गर्दा सम्म ४ लाख ८३ हजार ७ सय ३२ रुपैया खर्च भएको छ ।
अहिले ट्यांकी निर्माणसंगै आकासबाट परेको पानीले भरिएपछि जोखिम उठाएर रातीको समयमा कुंवा पधेरा, खोलामा नुहाउन, कपडा धुन जानु पर्ने बाध्यता बाट छुटकारा पाएको प्रहरी जवान विजय अधिकारीले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख गुणनिधि पोखरेलले २० हजार लिटरको ट्यांकीमा जम्मा भएको पानीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई प्रसस्त पुग्ने बताउनु भयो । ‘एक दिनमा एक जना ब्यक्तिलाई ४५ लीटर पानीले पुग्ने सरकारी नम्स रहेको छ । त्यो नम्स अनुसार प्रहरी कार्यालयमा कार्यरत १ सय ७० जनालाई दुई दिनसम्म खान र सरसफाई गर्न पुग्छ’ उहाँले भन्नु भयो ।
ट्यांंकी देखि तल बनाएको धाराबाट बगेको पानीले जंगलमा रहेका मुहानहरु सुक्नबाट बचाउन मद्धत गर्ने उहाँको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालयमा मात्र आवस्यक परेमा अन्य ठाउ“मा पनि आकासे पानी संकलन गर्न ट्यांकी निर्माण गर्न सकिने प्रमुख पोखरेलको भनाई छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्मित ट्यांकीको उचित स्याहार सम्भार गरे समय भन्दा बढि टिकाउन सकिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले सितलपाटी खलंगा खानेपानी आयोजना अन्तर्गत घर घरमा धारा वितरन गरेपनि शुल्कका साथै समितीले गरेको निर्णय प्रति चित्त नबुझेको स्थानीयको गुनासो आएकाले सजग भएर काम गर्न आग्रह गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।