टंक सुनार
रुपन्देही ,असार ९ । नेपाली काग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काग्रेसले अर्थतन्त्रलाई समग्रतामा अगाडी वढाउन चाहेको बताउनु भएको छ । बिहिबार रुपन्देहीको देवदह ६ नम्बर चोकमा आयोजित आम सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
उहाले काग्रेस भरोसा योग्य पार्टी भएकाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतले विश्वास गरेको र सोही विश्वासको आधारमा विदेशी लगानी ल्याउन सक्ने बताउनु भयो । नेता पौडेलले काग्रेसको नेतृत्वमा स्थानिय सरकार बनेका खण्डमा उलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरेर विकाश गर्ने बतानु भयो । उहाले पुराना कटुता भुलेर शान्तिका लागि माओवादी संग सहकार्य गरेर अगाडी वढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।