बैशाख १०। काठमाडौं : पञ्चायत काल र २०४६ पछिको राजनीतिक परिवर्तनपसछ भएका सबै स्थानीय निर्वाचन दुई वा त्यो भन्दा बढी चरणमा भएका छन्। पञ्चायतकाल ०३९ सालमा ४,० २२ गाउँपञ्चायत र २९ नगरपनलिकाका लागि वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गरी चार चरणमा निर्वाचन भएको थियो। पञ्चायतकालकै ०४३ सालमा चैत ७ र १० गते गरी दुई चरणमा निर्वाचन भएको थियो। त्यतिखेर ४,०१५ गाउँ पञ्चायत र ३३ नगर पञ्चायत थिए। बहुदलीय प्रजातन्त्र स्थापनापछि ०४९ मा ३,९९५ गाविस र ३६ नगरपालिकाको निर्वाचजन जेठ १५ र १८ मा भएकोे थियो।
त्यतिखेर दोस्रो चरणमा १९६५ गाविस र २५ नगरपालिकामा भएको थियो। बाँकी पहिलो चरणमा भएको थियो। त्यसबेला एकै जिल्लामा पनि दुई चरणमा निर्वाचन भएको थियो। त्यसअघिका निर्वाचनमा पनि स्थलगत रुपमै पहिलो वा दोस्रो चरण तोकिन्थ्यो। ०५४ मा ५८ नगरपालिका र ३,९१३ गाविसको निर्वाचन जेठ ४ र १३ मा भएको थियो। यतिबेला विकासक्षेत्रअनुसार निर्वाचनको मिति तोकिएको थियो। पहिलोमा सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलको चुनाव भएको थियो। दोस्रोमा पूर्वाञ्चल र मध्यमाञ्चलको निर्वाचन गरिएको थियो। सरकार र आन्दोलरत पक्षबीचको समझदारीपछि २० वर्षमा हुन लागेको ४८१ गाउँपालिका र २६३ नगरपालिकाको (संख्या घटबढ हुनसक्ने) मा प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते र प्रदेश १,२,५, र ७ मा जेठ ३१ मा चुनाव गराइने छ।