टंक सुनार
रुपन्देही,जेठ २२ । नेकपा माओवादी केन्द्रले देवदह मेयरमा नमराज पुरी र उपमेयरमा टिका गौतमलाई अघि सारेको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटा स्थानिय तहको उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । माओवादीले बुद्धको मावलीको रुपमा परीचित आध्यामिक नगर देवदहको प्रमुखमा केन्द्रिय सदस्य नमराज पुरी र उपप्रमुखमा जिल्ला सदस्य टिका गौतमलाई अघि सारेको माओवादी रुपन्देही इन्चार्ज हकिकुल्लाहा खाँले जानकारी दिनु भयो । विकाश प्रेमी नेताका रुपमा परीचित पुरी दशबर्षे जनयुद्धका यस क्षेत्रका कमाण्डर हुन भने गौतम संर्घर्षशिल महिला नेत्रि हुन ।
प्रमुख पदका उमेदवार नमराज पुरी
नमराज पुरी देवदह क्षेत्रबाट ठुला राजनैतिक दलको केन्द्रिय सदस्य बन्ने पहिलो ब्यक्ति हुन । विकाश प्रेमि नेताका रुपमा आफ्नो छवि बनाएका पुरी देवदहमा रहेका विभिन्न संस्थाहरुको संस्थापक समेत हुन । देवदहका जनतामाझ सुपरीचित पुरी पेशाले चार्टर एकाउन्टेन हुन । लामो समय पत्रकारीतामा क्रियाशिल पुरी देवदहमा सञ्चालित रेडियो देवदहका संस्थापक, देवदह टेलिभिजनका सल्लाहाकार तथा लालकलम पत्रिकाका प्रधान सम्पादक हुन । केरवानी मावी देवदहको अध्यक्ष, देवदह खानेपानिको अध्यक्ष लगाएत दर्जन वढी सामाजिक संघ संस्थामा सक्रिय पुरी नहार्ने नेताका रुपमा चिनिन्छन । पुरी माओवादीमा मात्रै नभई अन्य राजनैतिक दलका नेता कार्यकर्ता माझ पनि निकै लोकप्रिय छन । माओवादीले नमराज पुरीलाई उमेदवारको रुपमा अघि सारेपछि नेता कार्यकर्तामा उत्साह छाएको छ । देवदह क्षेत्रको विकाशका कार्यहरुमा प्रत्यक्ष रुपमा सहभागि पुरीको देवदहलाई सम्पन्न पर्यटिक नगर बनाउने सपना छ ।
उपप्रमुख पदका उमेदवार टिका गौतम
माओवादीले उपप्रमुखमा अघि सारेको उमेदवार टिका गौतम माओवादी जिल्ला सदस्य हुन । संर्घर्षशिल नेतृको छवि बनाएकी गौतम देवदहका संघ संस्थाको नेतृत्व गर्ने थोरै महिलाको सुचिमा पर्छिन । जनतामा माझ लोकप्रिय गौतमले देवदमा रहेका विभिन्न संघ संस्थाहरुको कुशलतापुर्वक नेतृत्व सम्हाली सकेकी छन । सानाकिशान सहकारी संस्था लिमिटेडको नेतृत्व हाकिरहेकी गौतम संग महिला शसक्तिकरणका क्षेत्रमा काम गरेको लामो अनुभव छ । महिलाहरुलाई नेतृत्व नदिए सम्म महिला शसक्तिरकण हुन नसक्ने उनको बुझाई छ । महिला पछि पर्नुको मुख्य कारण आर्थिक परनिर्भरता भएकाले महिलालाई अगाडी बढाउन आर्थिक पहुँचमा प्राथमिकता दिनु पर्ने उनको भनाई छ ।