ललितपुर ।
आदिवासी जनजातिको संस्कृति, परम्पराको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव हुने भएको छ ।
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको संयोजन र यल नेवाः समाज, ज्यापू समाज, बौद्ध विहार संघ, स्यःस्यः समाज,शाक्य बज्राचार्य समाज, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ वाग्मती प्रदेश ललितपुर २ ९२० को समिति लगायत विभिन्न जातीय समाज, खलःपुचको आयोजनामा सो महोत्सव हुन लागिएको हो।
महोत्सवमा व्यापारिक स्टलकासंगै विभिन्न जातिहरुको पहिचान, पेशा रहनसहन झल्किने स्टन, खाद्य सामग्रीको स्टलहरु रहेन महोत्सवका संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले पत्रकार भेटघाटमा जानकारी दिनुभयो। महोत्सव तीन दिनसम्म चल्नेछ । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचामा हस्तकला, लत्ताकपडा, उत्पादन प्रविधिका स्टलहरु रहने छ । यसको संयोजन नेपाल हस्तकला महासंघ र ललितपुर उद्योग वाणिज्य संघले गरेको छ ।
त्यसगैरी यल नेवाः समाज अन्तर्गत रहेका बाराही समाज, स्यःस्यः समाज, राजकर्णिकार समाज, द्यलाः समाज, चित्रकार (पु) समाज र शिल्पकार समाज परम्परा पेशा र उत्पादनको प्रदर्शनी हुने छ भने ललितपुर हस्तकला संघको संयोजनमा मूर्ति बनाउने जीवन्त प्रदर्शनी हुने छ ।
त्यसैगरी नासल चोकमा कार्तिक नाचमा देवगणहरुले लगाउने वस्त्र, गरगहना, मुखुण्डाको प्रदर्शनी हुनेछ । यसको व्यवस्था कार्तिक नाच संरक्षण समितिले मिलाएको छ । नेपाल भाषा मंका खलःको तर्फबाट राष्ट्रिय विभूति शंखधर साख्वाः र वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको सालिक प्रदर्शनका राखिने छ ।
त्यसैगरी महोत्सव अवधिभर पालो मिलाएर न्यकू जात्रा मतयाः व्यवस्थापन समितिले दमोंखि बाजा र नगरा बाजा बजाउने, बौद्ध विहार संघले परम्परागत धा बाजा र स्यःस्यः समाजले दमोखिं बाजा बजाउने कार्यक्रम रहेको छ । अक्षयेश्वर महाविहारले परम्परागत पौभा चित्र प्रदर्शनी गर्ने जनाएको छ । त्यसैगरी बौद्ध युवा कमिटी ललितपुरबाट रञ्जना लिपिको क्याली जात्रा आयोजना गरिने छ ।
त्यसैगरी गर्जियस फेशन इष्टिच्यूट अफ फेशन टेक्नोलोजिले फेशन शो तथा आदिवासी जनजातिको भेषभूषा लगाएर पाटन संग्रहालयमा फोटो खिच्ने कार्यक्रम सञ्चालन गर्ने छ । त्यस्तै पाटन पर्यटन विकास समिति, रोटरी क्लब अफ ललितपुरले आदिवासी जनजातिको संस्कृति तथा पर्यटन प्रवद्र्र्धन बारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ । त्यस्तै पाटन दरबार क्षेत्रको महारानी पोखरीमा विभिन्न समुदायमा प्रचलित खानाको स्टल राखिने छ ।महोत्सवमा विभिन्न जातिको खानाको स्वाद लिएर विभिन्न ब्याण्डको सांस्कृतिक प्रस्तुती हेर्न सकिने संयोजक शाक्यले जानकारी दिनुभयो।
आदिवासी जनजातिको संस्कृति, ज्ञान र जीवनशैली लगायत पहिचानको प्रवद्र्धन गर्ने, आदिवासी जनजातिको संस्कृति, रहनसहन, खानाको ब्राण्डिङ गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने महोत्सवको उद्देश्य रहेको छ । आदिवासी जनजातिको हक र अधिकार जनचेतना फैलाउने तथा हराउ“दै गएको आदिवासी जनजातिको पहिचान, संस्कृति र संस्कारलाई प्रवद्र्धन गर्ने पनि यस महोत्सवको उद्देश्यहरु रहेको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ । महोत्सवको लागि वडा कार्यालयले १० लाख र ललितपुर महानगरपालिका संस्कृति, पर्यटन समितिले ३ लाख रुपैयाँ व्यहोर्ने छ ।
ललितपुरमा कार्यरत विभिन्न जातीय समाज, पेशा, व्यवसायीहरु सबै मिलेर आयोजना गर्न लागिएको सो महोत्सवले आपसी सद्भाव, सहकार्य र एकता सन्देश पनि प्रवाह हुने विश्वास आयोजकहरुको रहेको छ । जिवितदेवी कुमारीको पुजाआजा गरी शुक्रबार दिउँसो महोत्सवको शुभारम्भ गरिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।